
King Hilihang Limbu was born in 1783 B.s and started ruled to the country in 1814 B.s at the age of 31 years. exactly he ruled 28 years. He is the last king of Nepal from kirat dynasty ever. For his land he fought seventeenth time and nobody can able to stop and annexed his land and power. eventually it was still got to see and hear in the old place of Kirat. king hilihang was died in 1842 B.s at the age of 59 years. In the history of Nepal, king hilihang palace is still there for identies and prove for kirati people.
List of Kirat Kings :
(According to Gopalavamsaval)
01.राजा श्री एलम् – ९० वर्ष
02.राजा श्री पेलं – ८१ वर्ष,
03.राजा श्री मेलं – ८९ वर्ष,
04.राजा श्री चंमिं – ४२ वर्ष,
05.श्री Dhakang – 37 years/राजा श्री धस्कं – ३७ वर्ष,
06.श्री Walangcha – 31 years 6 months/राजा श्री वलंच – ३१ वर्ष ६ महिना,
07. श्री Hungting – 40 years 8 months/राजा श्री हुतिं – ४० वर्ष ८ महिना,
08.श्री Hoorma – 50 years/राजा श्री हुरमा – ५० वर्ष,
09. श्री Tooske – 41 years 8 months/राजा श्री तुस्के – ४१ वर्ष ८ महिना,
10. श्री Prasaphung – 38 years 6 months/राजा श्री प्रसफुं – ३८ वर्ष ६ महिना,
11. श्री Pawa: – 46 years/राजा श्री पवः – ४६ वर्ष,
12. श्री Daasti – 40 years/राजा श्री दास्ती – ४० वर्ष,
13. श्री Chamba – 71 years/राजा श्री चम्ब – ७१ वर्ष,
14. श्री Kongkong – 54 years/राजा श्री कंकं – ५४ वर्ष,
15. श्री Swananda – 40 years 6 months/राजा श्री स्वनन्द – ४० वर्ष ६ महिना,
17. श्री Phukong – 58 years/राजा श्री फुकों – ५८ वर्ष,
18. श्री Singhu – 49 years 6 months/राजा श्री शिंघु – ४९ वर्ष ६ महिना,
19. श्री Joolam – 73 years 3 months/राजा श्री जुलम् – ७३ वर्ष ३ महिना,
20. श्री Lookang – 40 years/राजा श्री लुकं – ४० वर्ष,
21. श्री Thoram – 71 years/राजा श्री थोरम् – ७१ वर्ष,
22. श्री Thuko – 83 years/राजा श्री थुको – ८३ वर्ष,
23. श्री Barmma – 73 years 6 months/राजा श्री वर्म्म – ७३ वर्ष ६ महिना,
24. श्री Gunjong – 72 years 7 months/राजा श्री गुंजं ७२ वर्ष ७ महिना,
25. श्री Pushka – 81 years/राजा श्री पुस्क – ८१ वर्ष,
26. श्री Tyapamee – 54 years/राजा श्री त्यपमि – ५४ वर्ष,
27. श्री राजा श्री मुगमम् – ५८ वर्ष,
28. श्री राजा श्री शसरू – ६३ वर्ष,
29. श्री Goongoong – 74 years/राजा श्री गंणं – ७४ वर्ष,
30. श्री Khimbung – 76 years/राजा श्री खिम्बुं – ७६ वर्ष,
31. श्री Girijung – 81 years/राजा श्री गिरीजं – ८१ वर्ष,
32.श्री Khurangja – 78 years/राजा श्री खुरांज – ७८ वर्ष,
33. श्री Gasti – 58 years/राजा श्री खिगु – ८५ वर्ष
हाम्रो लिम्बुवान कतिको सक्ति साली थियो भनेर यहा बाट पनि प्रमाणित हुन्छा.
लिम्बुवान हतीयारा को कालो कर्तुत समय नीकालेर अध्यान गर्नु होला ।।संघियता आवश्यक छ वा छैन भन्ने बहसको विविध पक्षहरुमध्य देशको बिखण्डिकरणको सवाल एक प्रमूख पक्ष हो । विशेषत: संघीयता बिरोधीहरु पृथ्वीनारायणले नेपाल नबनाएको भए आज हामीले नेपाली भन्न समेत नपाइने उडन्ते कल्पना तेर्साउँछन । त्यस्तो हाइपोथेटिकल तर्कको कुनै वजन हुँदैन, तैपनि त्यो तर्क दिनेहरुको मनस्थीतिमा पृथ्वी नारायणले नै नेपाल बनाएको भन्ने पञ्चायति शिक्षा र बाहुनबादी मान्यताले जबरजस्त घर गरेर बसेको छ भन्ने प्रष्ट बुझिन्छ । तर नेपाल पृथ्वी नारायणले बनाएको नै होइन । बनीबनाउ नेपालको उत्कर्षकालमा पृथ्वी नारायण नेपालमा एक शिसु विद्यार्थीको रुपमा पसे, एक हमलाकारी राजाको रुपमा छिरे, एक आतंकबादी नेताको रुपमा कज्याए, एक भष्मासुर सन्कीको रुपमा सारा नेपालीलाइ बरबाद बनाएर छोडे । तपाइलाइ लाग्दो हो, यो आधारहीन आरोप हो, म यहाँ तल यी बिचारहरु कुन कुन तथ्यमा टेकेर गरीएको विश्लेषण हो, खुलस्त पार्ने छु ।
पृथ्वी नारायणले शिशु अवस्थामा नै नेपाल-खाल्डोमा अध्ययन गरे । यदि उनको शिक्षादिक्षा नेपालमा भन्दा गोर्खामा राम्रो हुँदो हो त उनलाइ नेपालमा पठाइने नै थिएन । यसरी विद्यार्थीको रुपमा प्रवेश गरेका पृथ्वी नारायण नै कालान्तरमा नाकाबन्दी लगाउने र हमलाकारी बन्ने आततायी काम गर्न अघि सरे । लडाइमा पराजय स्वीकार गरेका जनताको नाककान काटेर उनले अमानवीय आतंकबादीको परिचय पनि दिए । उनको शासन बिरुद्ध आवाज उठाउनेला गोर्खेलौरी कस्ने देखि लिएर सार्वजनिक रुपमा फाँसि दिने सम्म कार्य गरेर आतंकको बलमा दरवार र जनता कज्याएर बसे । यस्तो जघन्य अपराध गरेको मान्छेको कर्तूतलाइ ढाकछोप गरी उनलाइ नेपाल एकिकरण गरेको ब्यक्तिको रुपमा अझै पनि हेर्ने वा दावि गर्ने मुठ्टीभरका मानिसहरु छन, जो सुस्त मनस्थीतिका बिमार झै बेला बेला पृथ्वी नारायणले नेपाल निर्माण गरेका हुन भन्न अघि सर्छन् ।
वास्तवमा नेपालको निर्माण पृथ्वी नारायणले गरेको हैन । महाभारतको पुराण साक्षी छ, वृन्दावनमा कृष्ण, हस्तिनापुरमा कौरव पाण्डवहरुको माथपच्ची चलेको द्वापर यूग मा नै नेपाल महायुद्धमा सामेल हुन सक्ने हैसियतका साथ निर्माण भइसकेको देश थियो । तत्पश्चातको कुरा गर्ने हो भने भारतीय उपमाहद्वीपमा अलेक्जेण्डरको हमलाकारी सेना प्रवेश हुँदै गरेको अवस्थामा नेपाल सामरीक र आर्थिक रुपमा एक शक्तिशाली देशको अस्तित्त्व कायम राखी तात्कालीन अन्तरदेशीय सरोकारहरुमा सहभागिता जनाउने हैसियतमा रहेको थियो । देशको सिमाना समयक्रममा फैलिने र खुम्चिने हुन्छ नै । सम्राट अशोकको पालामा पूर्वमा ईण्डोनेशिया देखि पश्चिममा इरान सम्म फैलिएको भारत देश बेलायतिहरुको कव्जामा परेको बखत साना-साना टुक्रामा छिन्नभिन्न थिए । ती टुक्रालाइ एक एक गर्दै उपनिवेश बनाएको बेलायतले पछि छोडेर जाँदा पाकिस्तान र हिन्दुस्तान गरी २ देश मात्रै छोडे । त्यसो भए के पाकिस्तान र हिन्दुस्तानको निर्माता बेलायत हुन सक्छ? कि बेलायतको माहारानीलाइ भारतको निर्माता, पाकिस्तानको निर्माता भनेर उपमा दिन मिल्छ? कदापि मिल्दैन, किन कि तिनले आएर भारत बनाइदिएको हैन, तिनले आएर भारत हडपेको हो र पछि छोडेर गएको हो । ठीक त्यसै गरी पृथ्वीनारायण र तिनका सेनामेनाले आएर नेपाल हडपेको हो, बनाएको होइन ।
पृथ्वीनारायणले सानो सानो देश जोडेर ठूलो दह्रो देश नबनाएको भए नेपालको अस्तित्त्व बाँकि रहने थिएन होला, सानो सानो टुक्रामा विभाजित बाइसे,चौविसे, मल्ल, सेन राजाहरु कमजोर हुनाले बेलायतको अधिन परिसकेको हुनेथियो होला भन्ने तर्क गर्नेहरु पनि धेरै छन् । यी तर्कहरु पनि हाइपोथेटिकल हुन् । वास्तवमा बाइसे, चौविसे, मल्ल तथा सेन राज्यहरु संघिय राज्यहरु थिए । स्थानिय क्षेत्रमा स्थानीय शासनको अभ्यास गरीरहेका थिए । तिनीहरुमाझ एउटा दह्रिलो केन्द्रीय समन्वय एकाइ नहुँदा ती संघीय एकाइहरु छुट्टाछुट्टै राज्य जस्ता देखिएका हुन । मल्ल राजाहरुकै उदाहरण लिउँ । पाटनमा राजा बनाउन लायक मल्ल यूवराज नहुँदा तिनले भक्तपुर वा काठमाँडौबाट मल्ल यूवराजलाइ बोलाएर राजा बनाउथे । छुट्टै देश भएको भए यस्तो संभव हुन्थ्यो होला? भारतमा राष्ट्रपतिको चुनाव अनिर्णित भयो भने पाकिस्तानबाट मान्छे बोलाएर राष्ट्रपति बनाउने कुरा सोच्न सकिन्छ? कदापि सकिन्न, किन कि यी दुइ छुट्टा छुट्टै देश हुन् । तर भारत भित्र नै उत्तरप्रदेशको मानिस राष्ट्रपति हुन अयोग्य भए बिहार वा मध्यप्रदेशको मानिसलाइ राष्ट्रपति बनाउन नसकिने कुरै छैन । यो दृष्टिकोणबाट हेर्दा काठमाडौ, पाटन, भक्तपुर छुट्टाछुट्टै राज्य भएतापनि छुट्टाछुट्टै देश थिएनन्, एकै देशका संघीय एकाइहरु थिए भनी बुझ्नु पर्ने हुन्छ । यस्तै गरी बाइसे वा चौविसे क्षेत्र पनि संघीय राज्यहरु नै थिए, सानो सानो देशहरु थिएनन् ।
पृथ्वीनारायणले नेपाल बनाइदिएर हामी नेपाली भन्दै गर्व गर्न पाएको भन्ने तर्क गर्नेहरु पनि छन् । तर यो पनि बेठीक तर्क हो । पृथ्वीनारायणले नेपाल हडपेपछि नेपालीहरु गर्व गर्न नसक्ने हुत्तिहारामा परिणत भएको उदाहरन छ । मल्लकालमा नेपालमा राजनीतिक सिमाना नेपालमण्डलकै वरीपरी सिमित भएता पनि नेपाल दह्रिलो अर्थतन्त्र थियो, शक्तिशाली थियो । वरपरका छिमेक देशले आदर र इज्जत गर्ने देश थियो । तर पृथ्वीनारायणको कब्जामा परेपछि नेपाल कमजोर बन्यो, पिछौडा बन्यो, गरीब बन्यो, भाडाको सिपाहि पठाउने देश बन्यो, मागिखाने मगन्ते बन्यो । अहिले संसारभरी भरीया कामदार निर्यात गरेर गुजारा गर्ने हुत्तिहारा बन्यो । थुक्क, यत्तिको गिर्दा पनि आँखा खोल्दैन ?
अहिले अमेरीका संसारमा नं १ शक्तिशाली भइ बसेको छ, किन संसारले अमेरीकालाइ नं १ मा राखेको हो? त्यसको मानक के हो? हातहतियार वा आणविक क्षमताका कारण शक्तिशाली भनेको भए रुसको आणविक भण्डार अमेरिका भन्दा बढी छ । जनसंख्या चीन र भारतमा बढी छ । क्षेत्रफल रुस र क्यानडामा बढी छ । कुन मानकले अमेरिका शक्तिशाली नं १ बनेको हो त? त्यो मानक भनेको मुद्रा हो । अमेरीकि डलर आज संसारको साझा मुद्रा जस्तै छ, सबैतिर त्यसको मान्यता छ । संपूर्ण यूरोप मिलेर साझा मुद्रा यूरो बनाउँदा पनि अमेरिकी डलर नै स्थायी विश्वास जितेर संसारको अर्थप्रणालीको मेरुदण्ड बनेर बसेको छ । अमेरीकि डलरको स्थान जुन दिन खस्किन्छ अमेरिकाको शक्ति त्यहि दिनबाट ओरालो लाग्न थाल्नेछ । डलरले राज चलाउने बेलासम्म अमेरीका ऋणमा चुर्लुम्मै डुबे पनि अमेरीकाको ५० टुक्रामा बिभाजित भए पनि वा अमेरीकाको सिमाना नेपाल भन्दा सानो क्षेत्रमा खुम्चेपनि अमेरीका प्रभावशाली राष्ट्र नै दरीने छ । प्रभावशाली राष्ट्र नभएको अवस्थामा तिनको मुद्रालाइ कुनै बिदेशीले भाउ दिदैन, माया गरेर बचाएर राख्दैन, इज्जत दिदैन, सम्मान दिदैन । जस्तै, सोभियत संघ पतनको बेला रुबलको पतन कसरी भयो? अर्जेन्टिनाको पेसो ध्वस्त हुँदा अर्जेन्टिनाको के हालत भयो? जापान शक्तिशाली हुँदै आएपछि येनको स्थीति कुन हालतमा छ? चीनको शक्ति बढ्दै जाँदा युआनमाथि कस्तो दबाव रहेको छ? कद्दाफिको पतन अघि र पछि लिबियाको मुद्राको के हालत भयो?
मुद्राको शक्ति कति ब्यापक छ भन्ने कुरा नेपालीलाइ थाहा नै छैन, किन कि नेपाली जनतालाइ यो बारेमा केहि पनि पढाइएको नै छैन । इतिहास साक्षि छ तिब्बत र मुगल शासित भारतमा नेपालको मुद्रा चल्थ्यो । तिब्बत हालको नेपाल भन्दा ५ गुणा ठुलो, र मल्लहरुले राज्य गरेको नेपालमण्डल भन्दा झण्डै ५० गुणा ठुलो देश हो भने मुगल शासित भारतीय राज्य पनि तात्कालिन नेपाल भन्दा ३०-४० गुणा ठुलो राज्य हो । अब भन्नुस यति सानो नेपाल राज्यको मुद्रा त्यत्रो ठूलो ठूलो देशहरुमा चल्ने, तर ती देशहरुको मु्द्रा अन्त नचल्ने, यस्तो कसरी संभव भएको थियो होला? तिब्बतको मुद्रा समेत नेपालमा बन्ने गर्थ्यो त्यो बेलामा । त्यस्तो कसरी संभव भयो होला? स्मरण रहोस, केहि वर्ष अगाडि नेपालको मुद्रा भारतमा छाप्न खोज्दा नेपालमा ठूलो विवाद र बहस भएको थियो, र अन्त्यमा मु्द्रा छाप्न तेस्रो देश (अष्ट्रेलिया) लगियो । अर्थमामिलामा छिमेक देशलाइ हतपत विश्वास गरिदैन । भारत र पाकिस्तान बीच मुद्रा छपाइ र नक्कलि नोटको विषयमा सँधै किचलो छ । तर नेपालले छिमेकि तिब्बतको मुद्रा छाप्थ्यो भने मुगल राज्यमा नेपाली मुद्रामा कारोवार गर्न कुनै रोकटोक थिएन । नेपालमा मुगल मुद्रा प्रयोग भएको देखिन्न । के तिनले नेपालको सिको गरी आफ्नै मुद्रा बनाएर वरपर छिमेकी इलाकामा प्रयोग गर्ने चाहना राखेनन् होला?
के ती मुगल वा तिब्बति बादशाहहरुले दया गरेर नेपालको मुद्रा स्वीकारेको होला? होइन । तिनको दयाले होइन । त्यो बेलाको नेपाली सुझबुझ र विकासका कारण नेपालीले यस्तो अवसर पाएका हुन् ।
कसरी एउटा सानो क्षेत्रमा प्रशासनिक रजाइ चलाइरहेको नेपालले यस्तो ठूलो जिम्मेवारी लिने सौभाग्य पायो होला? एउटा सानो देशको निमित्त यस्तो शक्तिशाली बन्न सम्भव तब मात्रै हुन्छ जब त्यो देश समृद्ध शक्तिशाली, विश्वसनीय, भरोसायोग्य दह्रो अर्थतन्त्र भएको, तथा असिमित श्रृजनात्मक शक्तिका साथ प्रविधि विकासमा नेतृत्त्वदायि स्थीतिमा रहन सक्छ । मल्लकालीन नेपाल देस त्यस्तो वैभवमा बसेर हिन्दकुश हिमाल क्षेत्रमा आर्थिक राज गरेर बसेको देश थियो । यसकारण नेपालको मु्द्रा सर्वस्वीकार्य रह्यो । मुद्राको गुणस्तर कायम राख्नु साह्रै ठूलो जिम्मेवारी हो । जुन नेपालले पुरा गर्न सकेको हुनाले नै यसको प्रयोग उत्तर दक्षिण पूर्व पश्चिम सबैतिर हुन गयो । मुद्राको प्रयोग हुन जानु भनेको नेपालको गौरव थियो, नेपालीले गर्व गर्न सक्ने विषय थियो । नेपालको शक्तिको विम्व थियो । नेपालको समृद्दिको चिनो थियो ।
तर जब मल्लकालको अवसान भयो, नेपालको मुद्राको अवसान भयो । मुद्रा छपाइ प्रविधि सित सम्बन्धित मानिसहरु सबै बेरोजगार बने । नेपाल भित्र बाहिरको अर्थतन्त्र ठप्प भयो । नेपाल गरीविको चक्करमा पिसिन थाल्यो । नेपालले उत्तर दक्षिण पूर्व पश्चिमबाट पाइरहेको मान र शान गुम्यो । समाज र सभ्यता बिकासको गति ठप्प बन्यो । सम्पूर्ण देश बरबादीको यात्रामा लम्क्यो । प्रविधि, ब्यापार, ब्यवस्थापन र बचनका भरपर्दा हस्तिको रुपमा नाम र दाम कमाएका नेपालीको परिचय लुटेरा, हिंस्रक, आततायी, हमलाकारी, बलत्कारी, क्रूर आदि को रुपमा परिणत भयो । के पृथ्वी नारायणले हामी नेपाली लाइ दिएको यहि होइन त? के देशको इतिहासमा भएको यस्तो अवनतिमा गौरव गर्न सक्ने कुनै कुरा बाँकि छ? नेपाल र नेपालीले हासिल गरीसकेको प्राविधिक, ब्यवस्थापकिय तथा कुटनीतिक ज्ञानको भण्डार नष्ट गरेर नेपाली समाजलाइ ढुँगे यूगमा फर्काउने कामको जग हालेका पृथ्वी नारायणको बुद्धि भष्मासुरको बुद्धि भन्दा कुन अर्थमा फरक छ? त्यसैले मैले माथि लेखेको हो कि पृथ्वी नारायणले एक भष्मासुर सन्कीको रुपमा सारा नेपालीलाइ बरबाद बनाएर छोडे । जसको प्रतिफल आज नेपाल संसारकै हरिकंगाल देशको परिचय बोकेर बस्न बाध्य छ । संसारभरी भरीया कामदार पठाउने देशको रुपमा चिनिएको छ । ल यो कुरा हैन भन्ने कसैको हिम्मत छ?जस्ताको तेस्तै साभार
थिन्दोलुङ खोक्यहाङ मेन्याङ्बोको शासनकालमा युद्ध र सन्धिहरु:-
योङ्याङ्हाङ संग युद्ध:-
सेनमकवान वंशी दश सरदारहरु र आठ किरात बिच युद्ध आज भन्दा हजार बर्ष अगी भएको अनुमान गरिन्छ। दश सरदारहरुले युद्ध जिते पछी मेन्याङ्बोहरुको पुर्खा थिनदोलुङ खोक्याहाङ हस्तपुर गडिका राजा भए र उनका सन्तान मेमेहाङ योङ्याहाङ,केरुङ,जबेगुहरु मिलेर बिद्रोह गरी मेमेहङ्लाई त्यहा बाट हटाए। त्यस पश्यात मेमेहाङ थेचम्बु गई राज्य स्थापित गरे र मेमेहाङ नै थेचम्बुका थिन्दोलुङ खोक्याहाङ मेन्याङ्बोका पहिलो राजा भए।
साङ्दाङ गडी:-
हाङ्वान्छाहाङ्को जेठा छोरा पतवा रायको दुईवटी रानीहरु थिए र जेठिपटिको जेठा छोरा युवानहाङ र कान्छा पारीहाङ थिए। पारीहाङ र कान्छी तेन्माता पगरी पटीको छोरा हाङ्पोता छुट्टीएर सिवाखोला गएर बसे। त्यसपछी पतवा रयले तेनमातालाई तालेबारिको शिखरमा पर्ने हाङ्गेन्दक डाडामा छुट्टाएर राखे। जब हाङ्पोता हुर्केपछी सोही ठाउमा साङ्दाङ गडी बनाइ बसे। साङ्दाङ गडीको केही भागनवशेसहरु आजसम्म पनि रहिआएको पाईन्छ। धनरुपको माहिला छोरा कुमेरमान छुट्टीएर तेह्रथुमको परावादिन ईलाकामा गएर बसे र हालसम्म पनि उनका सन्तानहरु परेवादिन मै रहिबसेका छन।
योङ्याहाङ्को थेचम्बु आक्रमण;
आठऔ पुस्ताका थिन्दोलुङ खोक्याहाङ मेमेहाङ र बार्हौ पुस्ताका युहाङ्केप थेचम्बुका राजा भईरहेको अवस्थामा योङ्याहाङ्हरुले आक्रमण गरी ठोलो क्षती पुर्याएको पाईन्छ। कारीब पांच दिनसम्म चलेको युद्धमा राजा रानी समेतको मृत्यु भएको थियो। युहाङ्केपका छोरा हरुलाई भने जनताले लुकाउन सफल भए। योङ्याहाङ्हरुले खुब लुट्पात मचाई राज कुमारहरुको खोजी गरे तर राजकुमारहरुलाई नभेटिए पछी लिम्बु भाषामा ‘मेन्याङ्बा’ भन्दै हिंडे। पछी आएर उनी हरुले थिन्दोलुङ मेन्याङ्बाहाङ भन्दा भन्दै मेन्याङ्बो भएको मानिन्छ। यी राजकुमारहरु फुपा बिजयनारायण सेन फुपु रजकुमारी थाङ्सामाको राज्य बिजयपुरमा आई हुर्के। पछी थेचम्बुका जनताहरुले राजाले माग गरे अनुसार एक जोडी मलसाप्रो बुझाई अनुरोध गरेर लाहाङ
राजकुमारलाई थेचम्बु लागि राजा बनाए। राजकुमारलाई राजतिलक फुपाजुले लगाइदिएका थिए।
थि,खो,मे,र गोर्खा युद्ध:-
बि,सं, १८३१ साउन २२ गतेमा गोर्खा राजा प्रिथ्बीनारायण र बिजयपुर राज्य बिच मैन्त्रिपूर्ण सन्धी भएको केही समय पछी सिक्किम फौज र लिम्बु फौजहरुले संगठित रुपमा गोर्खा फौजसंग युध गरेका थिए। सिक्किम फौजको सेनापती मारिए पछी सिक्किमे फौजहरु युध भुमिबाट भागेपनी लिम्बु फौजहरु बहादुरका साथ लडिरहे। बिशाल राज्यको फौज समु केही जोड चलेन र लिम्बुहरु प्रती अन्याय बडी हुनथालियो पछी उनिहरु सिक्किम, आसाम तिर बिदेसिन थालिएको पाईन्छ। बि,स,१८४३ मा रणबहादुर शाहले तिमीहरुलाई केही हुँदैन ‘गल्ती भए माफ गरी दियौ’भनी उर्दी,घोषणा गरी बोलाए पनि उनिहरु आएनन। जसमा थिन्दोलुङ खोक्याहाङ पतवा राय मेन्याङ्बो पनि थिए।
थेचम्बु,साङमाङगु लडाई:-
सिदिहाङ राजालेआफ्ना फौजिहरुलाई लडाकु बनाउनका लागिगुलेली,धनुकांड,तरवार,खुकुरी,भाला,खुडा र कुस्तीको तालिम गराए साथै बार्ह बर्ष देखी माथिका जनताहरुलाई समेत युद्ध गर्ने तालिम गराए। किनकी त्यस समयमा एक अर्का राजा माथि कुद्रिष्टी राख्ने मात्र होइन हमला समेत गरी युद्ध गर्थे। त्यस्तै केही समय पस्च्यात सिदिहाङ्को राज्य शासनको प्रगती देखेर थेचम्बुको दाजु खलकले हमला गरे। यसरी पटक पटक हमला गर्दा पनि सिदिहाङ्लाई पराजित गर्न सकेन। किनकी त्यहाको जनताहरुको राजा पर्ती अटल विश्वाश,एकता र तालिम प्राप्त योद्धा हरु थिए। युद्धमा वारी युम्लाक्पा पाखामा आठ गज लामो सिङगो मलबासको धनु भुइमा राखेर दुई चार जवानहरुले खुट्टाले धनु तानेर थुप्राइ कांडहरुलाई चोक्सी डाडा को मुनी पाखामा दुस्मन माथि बाण प्रहार गर्थे।अहिले पनि धनु अड्काउने ढुङ्गा हरु छदैछन। साथै राजदरबारको नजिक ठोली ढुङ्गा खोपेर बिष कुट्ने गरिन्थियो जुन बिष कांड्को टुप्पोमा लगाइ दुस्मन माथि प्रहार गरिन्थियो। केही समय पहिला बर्षात बाडिको कारण ढुङ्गा राखेको जमिन पहिरो गई बिष कुट्ने ढुंगा हयवा खोला तिर बगाएर लाग्यो भन्ने बुडापाकाको भनाइ छ।
सङमाङगु राजा थिन्दोलुङ सिदिहाङ र थेचम्बु राजा थिन्दोलुङ हाङगेनहाङ दाजु भाई बिच युद्ध भईरहेको चालपाइ उक्त युद्धको फाईदा उठाइ तमोरखोले राजाले थेचम्बु माथि आक्रमण(सिमा युद्ध)गर्न थाले। जो तम्मर खोलापट्टिबाट सेन्दुपहाङ राजा कै सन्तानहरु थिए। बिशाल तमोरखोले राजाको आक्रमण आफुले मात्र थाम्न नसक्ने देखेर दाजु हाङगेनहाङ्ले भाई सिदिहाङ्लाई मिलापत्र गर्न प्रस्ताप राखे। त्यस पछी संयुक्त फौजहरुले तमोरखोले राजाको आक्रमणलाई बिफल पारी पुन:काब्रेखोला याङरुप थुम र तम्बरखोला बिचको सिमाना कायम गरे र दुबै थुम राजाहरुको उपस्थितिमा एउटा ठुलो ढुङ्गा माथि पैतालाको छाप लगाइ सिमाकन गरेको खुट्टाको पैतालाहरु आजसम्म पनि रहेको छ भन्ने भनाइ छ।
युद्ध समप्ती पछी दाजु भाई अंशबण्डा भयो र सिदिङ्हाङ्को शान्तती पनि थेचम्बु ईलाकामा आई बस्न थाले। साङमाङ्गु लाई खर्कको रुपले थेचम्बुलाई बेसिको रुपले उपभोग गर्न थाले।
श्रोता साभार:-
थिन्दोलुङ खोक्याहाङ मेन्याङबो बंशावलि २०५९ बाट।