योङ्या बंसावली को चौधौ पुस्ता श्रिजित सुवाहाङ्ग को तिन भाई छोरा मा
(१५.१)जेठा: यौयासिङ् योङ्गया हाङ्
(१५.२)माईला: बाहाल जिम्बा राई.
(१५.३)कान्छा:युके डाडु राई
कान्छा:युके डाडु राई को सन्तान दुई भाई छोरा थियो.
(१६.१)जेठा:देशमान योङ्या.
(१६.२) कान्छा: हङ्शमुखी योङ्या
कान्छा:हङ्शमुखी योङ्गया को सन्तान दुई भाई छोरामा जेठा.
(१७.१) जेठा: ईन्द्र लाल योङ्या
(१७.२) कान्छा: डमर सिङ् योङ्या ( Khoji karya jari chha.
सुब्बा जस मुखी योङ्या को सन्तान
(१८.१) अठारौ पुस्ता सुब्बा जस मुखी योङ्या सोरौ पुस्ता (१६.२) कान्छा: हङ्स मुखि योङ्या नाति सत्रौ पुस्या (१७.२.) कान्छ: डमर सिङ योङ्याको एक मात्र सन्तान हो. यहाँ सानो तिनो प्रमाण जुटाउनु बाकि छ. १८९५ सालमा साह बंशले सुब्बा पद बाढ फाढमा हाम्रो पुस्ता जस मुखी योङ्या टाठो बाठो हुनुभएकोले ओयाम बाहिर पनि सुब्बा पद दिएर फिक्वा देन गाउँमा पठाएको हुनु पर्छ. किन कि यो ठाउँ को अन्तिम सुब्बा आईत बहादुर योङ्याको भनाई हाम्रो योङ्या बन्धुको ईतिहाश बिद आदरणीय बाजे चन्द्र प्रसाद योङ्या ज्युले प्रत्यक्ष लिनु भएको थियो. सुब्बा आईत बहादुर योङ्या ज्युले प्रत्यक्ष बोलेको कुरा चन्द्र प्रसाद बाजेले उतार्नु भएको निम्न अनुसार छ. अठारौ पुस्ता जस मुखि योङ्याको पुस्ता पिडि कहाँ जोडिन्छ मलाई जानकारी छैन.मलाई जानकारी भए सम्म को नाम पुस्ता पिडि निम्न प्रकार छ. मेरो पुर्खा सुब्बा जस मुखी योङ्या समेत ले शाह बंश बाट नगरा बापत पाएका बि. स. १८९५ साल रुकालालमोहर बि. स. १९५० सालमा महाँजाचा ले गरि दिएको सुब्बा तथा भाई पगरी को नामावली तेरिज मात्र छ. पुर्खा जसमुखी योङ्या बाहेक माथिको पुर्खा को नामावली मलाई थाहा भएन पुराना पुराना कागज हरु राम्रो हेरेको छैन हेरेर फेला परे पछि नामावली दिने छु भनि बि.स.१८९५ साल को लालमोहर १९५० सालको तिरिज कागज हरु हाम्रो बंशावली लेखक चन्द्र प्रसाद योङ्या बजे लाई बि.स. २०४४ साल मा भुझाएर पछि सुब्बा आईत बहादुर योङ्या पनि बि.स. २०५० सालमा देहान्त हुनु भएको छ. परिवार बाट केहि थाहा हुनु सकेन. यो बंशावली हेरे पछि कागज प्रमाण फेला परेमा समावेस गर्न सकिनेछ.
(१८.१) सुब्बा जसमुखी योङ्याको सन्तान पाँच भाई छोरा थिए. पाँच भाई छोरामा
(१९.१) जेठा: पुरन धोज योङ्या
(१९.२) माईला: चंख धोज योङ्या
(१९.३) साईला: जगनसिङ् योङ्या
(१९.४) काईला: मायागंज योङ्या
(१९.५) कान्छा: राम बिर योङ्या
(१९.१) जेठा: पुरन धोज योङ्या सन्तान चार भाईमा
(२०.१) जेठा:कटुवाल योङ्या
(२०.२) माईला: ठाकुर सिङ् योङ्या
(२०.३) साईला…? योङ्या
(20.४) कान्छा:…..? योङ्या दुवै जना अपुताल हुनु भएकोले सन्तानको बिवरण लेख्नु सकिएन.
(१९.१) सुब्बा पुरन धोज योङ्या को छोरा चार भाईमा (२०.१)जेठा: कटुवाल योङ्या २००७ साल पूर्व आसाम तर्फ़ बसाई गएकोले वहाँ को साखा सन्तान के कति छन् थाहाँ भएन भनि एत बहादुर योङ्याले बताउनु भएको हुँदा यो बंशावली बुझे पछि थप गर्न सकिने छ.
(२०.२)माईला: ठाकुर सिङ् योङ्याको दुई भाई छोरामा
(२१.१)जेठा: कालुमान योङ्या
(२१.२) कान्छा: कर्ण बहादुर योङ्या
(२१.१) जेठा: कालुमान योङ्याको सन्तान बि.स. २०१५ साल भन्दा पूर्व आसाम तर्फ़ बसाई गएको हुँदा के कति साख सन्तान छ यहाँ लेख्नु सकिएन यो बंशावली बुझे पछि फेला परेमा समावेश गर्न सकिने छ.
(२१.२) कान्छा: कर्ण बहादुर योङ्याको सन्तान तिन भाई छोरा
(२२.१) जेठा:……….? योङ्या
(२२.२) माईला:……..? योङ्या
(२२.३) कान्छा:……? योङ्या
सुब्बा जसमुखी योङ्याको छोरा पाँच भाई छोरा थिए. पाँच भाईमा (१९.२) माईला: चंख धोज योङ्या (१९.३) साईला: जगन सिङ् योङ्या समेत दुई भाई बि.स.१८९८ साल अगाडि पाँचथर फ़िक्वाहाङ्ग ग भन्ने जग्गा मा गई त्यहाँ बशोबश गरि जग्गा रोकी किपट बनाई बसेका थिए ता पनि त्यो दुई भाई को सन्तान हरु ले योङ्या जिम्मा सुब्बा जसमुखीको जेठा छोरा पुरन धोज योङ्या को साखा सन्तान जिम्मा तालुकदार अन्तिम सुब्बा आईत बहादुर योङ्याको पाला बि.स.२०३२ साल सम्म योङ्या मौजा येकुवा डाडामा ठेग बन्दोबस्त बमोजिम तिरो बुझाउने बराबर आएका थिए तर त्यो दुई भाई को साखा सन्तान के कति छ्न नामावली के के हुन थाहा भएन भनि सुब्बा आईत बहादुर योङ्याले बताउनु भएको थियो.त्यो दुई भाई को सन्तान ले यो बंशावली बुझेपछि फेला परेमा यस बंशावली मा शाखा सन्तान समावेश गर्न सकिने छ.
अठारौ पुस्ता सुब्बा जसमुखि योङ्याको छोरा (१९.२) माईला: चंख धोज योङ्या को सन्तान खोजि कार्य जारि नै हुने छ पाईएको खण्डमा योङ्या बंशावलिमा जोढिने छ.
अठारौ पुस्ता सुब्बा जसमुखि योङ्याको छोरा (१९.३)साईला: जगन सिङ योङ्याको सन्तान खोजि कार्य जारि छ पाएको खण्डमा योङ्या बंशावलिमा जोढिने छ.
(१९.४) काईला: मायागन्जको सन्तान चार भाई छोरामा
(२०.१) जेठा: भगिरथ योङ्या
(२०.२) माईला: सुक धोज योङ्या
(२०.३) साईला: दिलायल सिङ योङ्या
(२०.४) कान्छा: पुरन धोज योङ्या
(२०.१) सुब्बा भगिरथ योङ्या को सन्तान एक भाई छोरामा
(२१.१) जेठा: जय बहदुर योङ्या
(२१.१) सुब्बा जय बहादुर योङ्याको सन्तान एक भाई छोरामा
(२२.१) जेठा: मन प्रसाद योङ्या
(२०.२) माईला: सुक धोज योङ्या को सन्तान तिन भाई छोरामा
(२१.१) जेठा: रण बहादुर योङ्या
(२१.2) माईला: देब कुमार योङ्या
(२१.3) कान्छा: मान बहादुर योङ्या
माईला: सुक धोज योङ्याको सन्तान (२१.१) जेठा: रण बहादुर योङ्याको छोरा एक भाई छोरामा
(२२.१) जेठा: आईत बहादुर योङ्या
रण बहादुर योङ्या को सन्तान (२२.१) जेठा: आईत बहादुर योङ्याको चार भाई छोरामा
( २३.१) जेठा: ईन्द्र बहादुर योङ्या
(२३.२) माईला: देबेन्द्र कुमार योङ्या
(२३.३) साईला: सुर्य बहादुर योङ्या
(२३.४) कान्छा: खडग बहादुर योङ्या
अठारौ पुस्ता सुब्बा जस मुखि योङ्याको पाँच भाई छोरामा (१९.१) कान्छा: राम बिर योङ्या एक मात्र छोरा (२०.१) जेठा: जगत बहादुर योङ्या को सन्तान तिन भाई छोरामा (२१.१) जेठा: गड्ड्ल धोज योङ्या
(२१.२) माईला: महन प्रसाद योङ्या
(२१.3) कान्छा: कृष्ण प्रसाद योङ्या
(२१.१) जेठा: छोरा गड्डल धोज योङ्याको सन्तान दुई भाई छोरामा
(२२.१) जेठा: गङा प्रसाद योङ्या
(२२.२) कान्छा: सुर्य प्रसाद योङ्या
(२२.१) जेठा: गङगा प्रसाद योङ्या को सन्तान आठ भाई छोरामा
(२३.१) जेठा: नरेन्द्र बहादुर योङ्या
(२३.२)माईला: सुरेन्द्र बहादुर योङ्या
(२३.3) साईला:बबिन्द्र योङ्या
(२३.४) काईला:सबिन्द्र योङ्या
(२३.५)अन्तरे: जोगेन्द्र बहादुर योङ्या
(२३.६) जन्तरे: खगेन्द्र बहादुर योङ्या
(२३.७) खन्तरे: भुपेन्द्र बहादुर योङ्या
(२३.८) कान्छा:लोकेन्द्र बहादुर योङ्या
(२१.२) कान्छा: सुर्य प्रसाद योङ्याको सन्तान……..?
(२०.२) माईला: महन सिङ योङ्याको सन्तान दुई भाई छोरामा
(२१.१) जेठा: सुरेस कुमार योङ्या
(२१.२) कान्छा: नरेन्द्र कुमार योङ्या
(२०.३) कान्छा: कृष्ण प्रसाद योङ्याको सन्तान छ भाई छोरामा
(२१.1) जेठा: देबेन्द्र कुमार योङ्या
(२१.२) माईला: बद्री कुमार योङ्या
(२१.३) साईला: घनेन्द्र राज योङ्या
(२१.४) काईला: सोम बहादुर योङ्या
(२१.५) अन्तरे: ……….?
(२१.६) कान्छा: ……………?
(१९.४) काईला: सुब्बा माया गंजा योङ्याको चार भाई छोरा मा
(२०.१) जेठा: सुब्बा भगिरथ योङ्या
(२०.२) माईला: सुख धोज योङ्या
(२०.३) साईला: दियाल सिङ्ग योङ्या
(२०.४) कान्छा: पुरन धोज योङ्या
(२०.१) जेठा: सुब्बा भगिरथ योङ्याको छोरा एक भाईमा
(२१.१) जेठा: सुब्बा जय बहादुर योङ्या
(२१.१) जेठा: जय बहादुर योङ्याको छोरा एक भाईमा
(२२.१) जेठा:मन प्रसाद योङ्गया
(२०.२) सुब्बा माया गंजा को छोरा चार भाई मा माईला:सुख धोज योङ्गया को छोरा तिन भाईमा
(२१.१) जेठा: रण बहादुर योङ्गया
(२१.२) माईला: देब कुमार योङ्गया
(२१.३) कान्छा: मान बहादुर योङ्गया
माईला:सुख धोज योङ्याको तिन भाईमा छोरामा (२१.१) जेठा: रण बहादुर योङ्याको सन्तान एक भाई छोरा मा
(२२.१)जेठा: आईत बहादुर योङ्या
(२२.१) जेठा: रण बहादुर योङ्याको एक भाई छोरामा (२३.१)जेठा: आईत बहादुर योङ्याको सन्तान चार भाई छोरा मा
(२४.१) जेठा: ईन्द्र बहादुर योङ्या
(२४.२) माईला: देबेन्द्र कुमार योङ्या
(२४.१) साईला: सुर्य बहादुर योङ्या
(२४.४) कान्छा: खड्क बहादुर योङ्या
सुब्बा जस मुखी योङ्याको पाँच भाई छोरा मा (१९.५)कान्छा राम बहादुर योङ्याको एक भाई छोरामा
(२०.१) जेठा: जगन सिङ योङ्या
(२०.१) जेठा: जगन सिङ योङ्याको तिन भाई छोरा मा
(२१.१) जेठा: गड्ड्ल धोज योङ्या
(२१.२) माईला: महान प्रसाद योङ्या
(२१.३) कान्छा: कृष्ण प्रसाद योङ्या
(२१.१) जेठा: गड्ड्ल धोज योङ्याको दुई भाई छोरा मा
(२२.१)जेठा: गंगा प्रसाद योङ्या
(२२.२) कान्छा:सुर्य प्रसाद योङ्या
(५.१)जेठा: गंगा प्रसाद योङ्गयाको आठ भाई छोरामा (६..१) जेठा:नरेन्द्र बहादुर योङ्गयाको सन्तान…….?भाईमा
(५.१)जेठा: गंगा प्रसाद योङ्गयाको आठ भाई छोरामा (६.२) माईला: सुरेन्द्र बहादुर योङ्गया को छ भाई मा
(७.१) जेठा: चन्द्र बहादुर योङ्गया
(७.२) माईला:……..? योङ्गया
(७.३) साईला:………? योङ्गया
(७.४) काईला:…………..? योङ्गया
(७.५) अन्तरे:……….? योङ्गया
(७.६) कान्छा:………..? योङ्गया.
(२.१) जगत बहादुर योङ्गया को तिन भाईछोरामा(३.२) माईला: महन प्रसाद योङ्गया को सन्तान दुई भाई
(४.१) जेठा: सुरेन्द्र कुमार योङ्गया
(४.२) कान्छा: नरेन्द्र योङ्गया.
(२.१) जगतन सिङ को तिन भाई छोरामा (३.३) कान्छा:कृष्ण प्रसाद योङ्याको सन्तान छ भाई
(४.१) जेठा: बेन्द्र कुमार योङ्गया
(४.२) माईला: बद्रि योङ्गया
(४.३) साईला: घनेन्द्र राज योङ्गया
(४.४) काईला: सोम बहादुर योङ्गया
(४.५) अन्तरे:………..? योङ्गया
(४.६) कान्छा:……….? योङ्गया
(३.३) कान्छा:कृष्ण प्रसाद योङ्गया को छ भाई छोरामा (४.१) जेठा: देबेन्द्र कुमार योङ्गया को सन्तान दुईभाईछोरा
(५.१) जेठा: नगेन्द्र योङ्गया
(५.२) कान्छा:भुमि योङ्गया
(३.३) कान्छा:कृष्ण प्रसाद योङ्गया को छ भाई छोरामा (४.२) माईला: बद्रि योङ्गया को सन्तान एक भाई छोरा
(५.१) जेठा: रोसन योङ्गया
(३.३) कान्छा:कृष्ण प्रसाद योङ्गया को छ भाई छोरामा (४.३) साईला: घनेन्द्र राज योङ्गया को सन्तान एक भाई छोरा (५.१) जेठा: आशिष योङ्गया.
(३.३) कान्छा:कृष्ण प्रसाद योङ्गया को छ भाई छोरामा (४.४) काईला:सोम बहादुर योङ्गया को सन्तान…..? भाई छोरा
(३.३) कान्छा:कृष्ण प्रसाद योङ्गया को छ भाई छोरामा (४.५) अन्तरे:………..? योङ्गया को सन्तान…..? भाई छोरा
(३.३) कान्छा:कृष्ण प्रसाद योङ्गया को छ भाई छोरामा (४.६) कान्छा:……….? योङ्गया को सन्तान…..? भाई छोरा
(२.४) सुब्बा:माया गंजा को छोरा चार भाई मा (३.३) साईला: दियाल सिङ्ग योङ्गया को सन्तान एक भाई छोरा
(४.१) जेठा: हर्क बहादुर योङ्गया
(४.१) हर्क बहादुर योङ्गया को एक भाई छोरा मा
(५.१) जेठा: एत धोज योङ्गया
(५.१) एत धोज योङ्गया को एक भाई छोरा मा
(६.१) फिपराज योङ्गया
(४.३) सुख धोज योङ्गया को छोरा तिन भाई मा (५.३) कान्छा: मान बह्हादुर योङ्गया को सन्तान एक भाई छोरा
(६.१) जेठा: हर्क बहादुर योङ्गया
(५.३)कान्छा:मान बह्हादुर योङ्गया एक भाई छोरामा(६.१)जेठा:हर्क बहादुर योङ्गयाको सन्तान तिन भाई छोरा
(७.१) जेठा:टेक बहादुर योङ्गया
(७.२) माईला: नर बहादुर योङ्गया
(७.३) कान्छा: दिल बहादुर योङ्गया.
खेमिना लामा को ईतिहांस
खेमिना लामा हाम्रो योङ्गया पुस्ताको बाइसौ पुस्ता पहिले को चेली युमा हुनु हुञ्छ. योङ्गया बंशावली को अनुसार योङ्गया हरुको मुल पुर्खा पेलेहाङ्ग को छोरा तिन भाई एक बहिनि छोरी थियो.(१.१) जेठा: मिजिको खेया हाङ्ग (१.२) माईला: डामे युङ्ग हाङ्ग (१.३) कान्छा: लाम्पोदें हाङ्ग नाम का थिए र एक बहिनि (१.१) जेठी: खेमिना लामा नामकी थिइन्.ति खेमिलामा छोरी भएता पनि बाबु माईति हरुको राज्य तथा भोग लीइआएको सिमाना का उत्तर दक्षिन पूर्व पश्चिम राज्य रजौटा हरु बाट सिमाना मिची लडाई (यद्ध) परि आएमा युद्द मा अगाडि सरेर युद्द गर्न तयार रहन्थी राज्य तथा राज काज र भोग सिमाना सुरक्षित राख्न भार संचालन गर्नमा बाबु माईति हरुलाई पुरा सहयोग गर्दा थिन. राज्य तथा गाँउ घर मा जन सङ्गठन गर्न जनप्रेमी पनि थिइन. त्यसैले खेमिना लामा लाई तेन्थङ्ग लामा पनि भन्दथे.
खेमिलामा को आफ्नो बाबु को राज्य भोग सिमाना हेर्ने र कृषि योग्य भूमोजांचा गर्न जादा वोनेम को सेघामा भन्ने जग्गामा पुग्दा त्यो वोनेम को सघा मा भन्ने वोनेम वारकामा डुबेर पसी गईन र त्यो दलदले सिमसार मा दुबी गएकी ले निस्कन सकिनन. खोज तलास गर्दा पनि भेट्न र निकालन सकिएन. आफ्नो माईति दाजु बिलाप गरि रोए छोरी चेली को यो गति भयो अब के गर्ने हो भनि बाबु छोरा सल्लाह गरे. सल्लाह बमोजिम निम्न कुराहरु पास गरेका थिए.
(१) खेमिलामा जल देवता थिइन जालैमा पसी गईन जल देबी भएर बसिकी छ
(२) जुन ठाउँ को वोनेम वारकमा दुबी पसी गएर हराएको छ. त्यो ठाउँ को कुनै रुख का फेद मा ढुंगा को थपना गाडे र खेमिना लामा को नाउँ मा दिनहु कुखुरा अण्डा र कुखुरा को भाले भोग दिएर पुजा पाठ गर्नु पर्छ भन्ने निधो गरियो
(३) खेमिलामा को नाम मा पुजा गरेर अन्न ,धान ,पानीको बल शक्ति माग्नु पर्छ, हामि लाई निश्चयनै खेमिलामा जल देवता बाट अन्न, धान, पानीका शक्ति पाउँछौ भन्ने निधो गरियो.त्यसै समय देखि खेमीलामा तेनथङ्ग लुङ्गमा डुबेर हराएको वोनेम वारक सघा मा खेत हाल ओयाम गा.बि.स. वर्ड न: ६ को जग्गा मा ठुलो चिलाउनेको रुख को फेद मा ढुङ्गा को थपना गाडेर खेमिलामा तेनथङ्गलुङ्गमा को नाउँ मा पुजा पाठ गरि जल देवता को रुप मा पुजी बल माग्न थालेको मुल पुर्खा पेलेहाङ् को ५ पुस्ता पछि पुर्खा हिमतिहाङ् को पाला देखि बर्ष मा एक पटक मात्र पुजा पाठ गर्ने र बल माग्ने चलन बस्यो.
मुल पुर्खा पेलेहाङ्ग को १८ पुस्ता पछिका बाजे आजिम्बा योङ्गया को पाला मा नुगु सेलिङ्ग संग खेमिलामा मा दुबी गएको जग्गा खेत तेरो मेरो गरि झगडा परि हार भएकोले बि.स. १९५५ साल को जेष्ठ महिना को चण्डी पुर्णिमा का दिन मा बाजे आजिम्बा योङ्गया र अन्य योङ्गया दाजुभाई बन्धु सबै मिलेर खेमिलामा तेनथङ्ग लुङ्गमा को नाउँ मा गाडि राखेको ढुङ्गा को थपना उखाले र डोलीमा हालेर नौमती बाजा गाजा तथा झण्डा का साथ् बोकी ल्याएर आफ्नो घर पाएकामा पर्ने मुसेपाको केराबारी भन्ने जग्गा को देबिथान मा ठुलो काभ्रा को रुख को फेद मा देबीको थपना भएको दाहिने तर्फ़ गाडेर खेमिलामा को नाउँ मा हिजो आज सम्म बिधि बिधान अनुसार पुजा पाठ गरि जल देबीको रुप मा मानि पुजी ल्याएको छौ. पुर्खा बैठानसिङ्ग योङ्गयाको सन्तान ले आजसम्म मानेको छ. सबै योङ्गया हरुले मानेको छैन. खेमिलामा देवता मान्ने र नमान्ने केहि प्रमाण फेला परेको छैन र लेख्नु सकिएको पनि छैन.
यो बंशावली हेर्दा देवता र ईश्वर फरक छ भन्ने बुझिञ्छ किन भने ईश्वरको सृस्टि नै संसार हो भनेर मानबता को ज्ञानले बताएको छ त्यसैले सृस्टिको मालिक बाबु आमा हुञ्छ भने छोरा छोरी को भोग निश्चित बाबु आमा ले लिदैन ई दुवै सत्य छ. जो आज हजारौ हजार संसारमा पशु प्राणि हरु लाई दर्द गरि काटेर देवता खुशी पार्ने र आयु थपमा आयु बर्दान माग्ने गर्दछौ. जिब रक्षा र जीवन को सट्टा देवता लाई बलि पुजा दिन्छौ.जिब रक्षा र जीवन को सट्टा देवता लाई बलि पुजा दिन्छौ. जन्मनु र बाँच्नु मर्नु निरन्तर बराबर छ. पितृ देवता मात्र खुशी पार्न अन्ध बिस्वाश मा भुले र अल्मलिएका छौ. चेतन सिल प्राणि मानिस ले आफु पट्टि फर्केर आत्मा आलोचना गर्नु नितान्त आवश्यक ठान्छु.
लेखक तथा ईतिहाशकार : चन्द्र प्रसाद योङ्गया
खेमी लामा को पाठ पुजा गर्ने मुन्धुम:
ए खेनेग योङ्गया सा चेली खेमिलामा ए से से लुङ्ग से से ताङ्माए सावालुङ् एकपाङ्माए तेनथलुङ् तेनथलुङ् ताङ् माए निहिस्वोग निङ्गवा ताङ्गमाए चाचालुङ्ग चा चा ताङ्गमाए
शाह र राणाका लिम्बुवानमा आक्रमणहरु
वि.सं. १८२९ को साउन महिनामा गोरखाका राजा पुथ्बीनारायण शाहले किरात राज्यहरुको विरुद्ध आक्रमण गर्ने योजना बनाए । वि.सं. १८३०मा गोर्खाली सेनाले लिम्बुवानमाथि खूनी हमला गर्यो । यस युद्धमा मेवाखोलाका शिया, आक्पा र मुकुम्बाहरुको ज्यान गयो । वि. सं. १८३१ बैसाक २५ गते गोर्खाली सेना रघु राना र लिम्बु सेनापति काङसोरेबीच मल्ल युद्ध भयो । वीरताका साथ लडिरहेको काङसोरेको षडयन्त्रपूर्वक हत्या भयो । वि. सं.१८३१ साउन २२ गते गोर्खाली सेना र लिम्बुबीचमा ऐतिहासिक सन्धि भयो । वि.सं.१८३३ मा विजयपुरे राजा बुद्धिकर्णको हत्या भयो । वि.सं.१८३७ मा नेपाल र अंग्रेजबीचको सुगौली सन्धि भयो । यसपछि लिम्बु तथा लेप्चा बसी आएको भू-भाग तीन भागमा विभाजित भई सिक्किम, लिम्बुवान र दार्जिलिङ भयो । वि.सं.१८४३ सालमा, रणबहादुर शाहको पालादेखि लिम्बुवान राज्यमा तिरो लगाइयो । चन्द्रसमशेरको पालामा लिम्बुहरुको मुन्धुम र धर्मग्रन्थहरु चैनपुरमा लगेर जलाइयो । वि.सं. १९०१ मा जंगबहादुर राणाले लिम्बुहरुको सम्पूर्ण राजकीय अधिकार खोसेर लिम्बुवान राष्ट्रलाई पल्लो किरात र राजा उपाधिलाई सुब्बा लेख्ने सनद जाहेर गरेर लिम्बु राजनेताहरुलाई आफ्नो कर्मचारीसरह बनाए ।
वि.सं.१९५२ को माघ महिनामा ताप्लेजुङ हाङपाङका बाजहाङ आङबुहाङलाई राणा शासनको विरोध गरेकोमा फुङलिङ बजार नजिक पात्लेको रुखमा झुण्ड्याएर मारियो । वि.सं. २०१७ साल पुस १ गतेको फौजी कारवाहीले लिम्बुवानको ऐतिहासिक सीमालाई तहसनहस गरी कोशी र मेची अञ्चलका पहाडी जिल्लाहरु इलाम, पान्थर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटामा विभाजन गरियो । यिनै क्षेत्रहरुलाई योभन्दा पहिले पल्लो किरात लिम्बुवान भनिन्थ्यो । वि.सं. २०२१ सालमा लिम्बुहरुको पूर्ण अधिकार भएको किपट व्यवस्थामाथि भूमिसुधार ऐन लागू गरियो । पछि सरकारले नापी गरी मालपोत लागू गरेपछि किपटको अस्तित्व सकियो ।
विगतमा लिम्बूवानको अस्तित्व
तत्कालिन श्री ५ महेन्द्रबाट २०२१ सालमा ल्याइएको भूमिसुधार ऐनबाट पूर्णरुपमा लिम्बुवानको किपट प्रथा उन्मुलन गरी लिम्बुवानसँगको सन्धि उल्लंघन गरिएको छ । र, एक जाति, एक भाषा, एक धर्म, एक भेष, एक राज्यको नीतिअनुरुप लिम्बु भाषा, धर्म, संस्कृति, साहित्यप्रति घोर अन्याय गरियो । सोही अवधिमा किरात धर्म तथा साहित्य उत्थान संघ २०३६ सालमा स्थापना भई झिनोरुपमा भाषा, धर्म, साहित्यको कार्य सुरुवात भयो । राज्यले एकाधरुपमा राज्य संयन्त्रमा लिम्बु जातिको प्रतिनिधित्व गराएपनि लिम्बु जातिको पक्षमा कार्य गर्ने वातावरण उपलब्ध गराइएको छैन । २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापश्चात् संविधानमा व्याख्या गरिएको बहुजाति, बहुभाषी, बुहसांस्कृतिक नेपालमा सबै जातजातिको भाषा, धर्म, संस्कृतिको विकास कायमै राखी राष्ट्रिय एकतालाई अझ बलियो बनाउने अवसर प्रदान भयो ।
मानव समाज वर्गीय र लैंगिक आधारमा मात्र नभई सांस्कृतिकरुपमा पनि विभाजित छ । नेपाली समाज ब्राम्हण, क्षेत्री, राई, लिम्बु, मगर, गुरुङ आदि जातीय आधारमा सांस्कृतिकरुपले बेगल पहिचान राख्दछ । सोहीअनुरुप आज लिम्बु युवा तथा विद्यार्थीहरु मानव समाजभित्र आफ्नो अस्तित्व र पहिचानको निमित्त संघर्षरत छन् । यद्यपि, नेपाल अधिराज्य मात्र भएको, तर राष्ट्र हुन नसकेको अवस्था छ । सदियौंको गौरवान्वित इतिहास बोक्ने लिम्बु जातिले आफ्नै भूमिमा दोस्रो दर्जाका नागरिकको व्यवहार झेल्नुपर्ने अवस्था छ । युवाहरु व्यावहारिक र वैज्ञानिक शिक्षा लिएर पनि राष्ट्र विकास, एकता कायम गर्नबाट बञ्चित भई लाहुर, मुग्लान र अरबजस्ता ठाउँहरुमा परदेशिनु पर्ने बाध्यता छ । फलतः सांस्कृतिक पहिचानको फैलावट र विकासको साटो सांस्कृतिक विकृति बढ्नुको साथै पश्चिमीकरणले व्यापकता पाएको छ । राज्यको विभेदकारी नीतिका कारण सरकारी र प्रशासन सेवामा लिम्बुहरुको उपस्थिति शुन्य छ । सरकारी कामकाजको भाषा केवल खस नेपाली भाषा मात्र राज्यले परिभाषित गरेको र राज्यले पूर्णतः मौलिक याक्थुङ भाषा बोल्न नसक्ने अवस्थामा पुर्याएको छ । लिम्बु युवाहरुलाई विदेशी सेवामा कार्य गर्ने वातावरण बनाई आर्थिकरुपमा पराधीन तुल्याइएको र लिम्बु समाज विशेषतः कृषि र पशुपालनमा निर्भर भएकोले उनीहरुको जीवनस्तर उकास्न राज्यले वैज्ञानिक कृषि प्रणाली र कार्यक्रम अगाडि नल्याउनुले लिम्बुहरुप्रति राज्यको आर्थिक विभेद नीति रहेको बुझिन्छ ।
सुरुदेखि मुन्धुम निर्देशित किरात धर्म मान्ने आदिवासी किराती लिम्बुहरुलाई पूर्णतः बेवास्ता गरी नेपाल केवल हिन्दूहरुको राज्य भनि संविधानतः हिन्दू अधिराज्य भनेर व्याख्या गरेकोले पनि दोस्रो दर्जाको धर्मावलम्बी भन्ने बुझिन्छ । मृत प्रायः संस्कृत भाषा जो कसैले पनि बोल्दैन अथवा अत्यन्त अव्यावहारिक भाषाका नाममा वर्षोनी करोडौं रुपैयाँ राज्यकोष खर्च गरिनु, तर आफ्नै श्रोत साधनमा प्राथमिक तहको लागि तय गरिएको याक्थुङ भाषाको आनिपान पुस्तक नकामको भनि ताप्लेजुङ जिल्ला शिक्षा कार्यालयले जलाउनुजस्ता आपत्तिजनक राज्यको व्यवहार स्पष्ट छ । लिम्बु मातृभाषीहरु नेपालमा मात्र सन् २००१ को गणनाअनुसार तीन लाख ३३ हजार छ सय ३३ जना रहेका छन् । राज्यको व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाजस्ता संवैधानिक निकाय, निजामति र प्रशासनिक क्षेत्रका निर्णायक तहमा लिम्बु जातिको शुन्य उपस्थितिले राज्यमा शुन्यको हिस्सा पाएको स्पष्ट छ । आज लिम्बु युवा दृष्टिकोणमा भविष्य नेपालमा नदेख्नु र विदेश पलायनको मनस्थितिले पनि नेपाल आफ्नो राष्ट्र भएको महसुस गर्न नसक्नु हो, फलतः नेपाल केवल राज्य मात्र भएको तर व्यवहारिकरुपमा राष्ट्र हुन नसक्नु हो ।
यसरी, जातीय संस्कृतिहरुप्रति राज्यको बेवास्ता र विभेदित नीतिले गर्दा मौलिक पहिचान र चिनारीको संस्कृति संकटमा परेको र पश्चिमीकरणले व्यापकता पाउन सजिलो भएको छ ।
वास्तवमा मौलिक पहिचान र अस्तित्वको विकाससँगै समाज र राष्ट्र समृद्ध बनेको हुन्छ । एकल जातिको राज्य र विकासले सामाजिक द्वन्द्व बढाउँछ । आजको विद्यमान द्वन्द्व शदियौंदेखि नेपाली समाजलाई गरिएको व्यवहारको परिणाम हो । अतः यहाँका हरेक व्यक्ति, समाज, वर्ग, लिंग, जातजाति, सम्प्रदाय, धर्म, भाषा र संस्कृतिले फल्नु, फुल्नु पर्दछ । यसबाट सिंगो नेपाल सम्भ्रान्त बन्दछ, जसको निम्ति समावेशी समाजको निर्माण हुनु पर्दछ । यसको संरचनाबारे स्पष्ट किटान हुनुपर्दछ । हालसम्म गरिएको व्याख्याले एकलाई चोट पुर्याएको छ भने अर्कोलाई खुशी बनाएको छ । तर्सथ, राज्यको व्याख्या सच्याएर सबैलाई समानरुपले सम्मान गरी पुनर्व्याख्या र पुनर्लेखन गर्नुपर्दछ । पुनर्व्याख्यामा सबै जाति, वर्ग, लिंग समावेश हुनुपर्दछ र पुनर्संरचना गर्नुपर्दछ । यसबाट लिम्बु जातिको मौलिक पहिचान गराउने भाषा, धर्म, संस्कृतिको विकास, पुनरुत्थान हुनेछ ।
लिम्बूवानमा लिम्बू जातिको योगदान
बेगल मौलिक पहिचान र चिनारी भएको लिम्बु आदिवासी किराती जाति हो । मौलिक भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बुहरु नेपालको पल्लोकिरात वा अरुण पूर्वको पहाडी भू-भागमा बसोबास गर्दछन् । नेपालमा ३५ लाख नौ हजार तीन सय ८९ जनसंख्या भएको यो जाति भारत, बेलायत, हङकङ, ब्रुनाई, सिंगापुरलगायत विभिन्न ठाउँहरुमा छरिएर रहेका छन् । आफ्नै सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिकस्वरुप बोकेको यो जाति हाल अस्तित्व साथै हक अधिकारको लागि प्रयासरत छ । मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीका माध्यमहरु हुन् । त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा तथा सेवासाबाहरु हुने गर्दछन् ।
लिम्बु जातिले आफ्नो अस्तित्वको निमित्त ऐतिहासिक यात्रा तय गरेको पाइन्छ । मानवशास्त्री र इतिहासविद्हरुका अनुसार मानव एक चलायमान जाति हो । यिनीहरु एक ठाउँबाट अर्को ठाउँमा अस्तित्वको निमित्त संघर्ष गर्दै, घुमन्ते फिरन्ते अवस्था पार गर्दै, पशुपालन र कृषियुग हुँदै आधुनिक युगमा प्रवेश गरेका हुन् । यही क्रममा लिम्बुहरु चीनको युआन प्रान्तको शिचुवान प्रदेशमा बसोबास गर्ने शान मकवान जातिका थिए, र तिनै जातिका मानिसहरु थाइलैण्ड, भियतनाम हुँदै बर्माको उत्तरी भागमा बर्साईं सरे, जुन ठाउँलाई मङकवान भनिन्छ । बर्माको मेकङ नदी आसपासको उपत्यकामा विरोधीहरुसँगको भीषण युद्धमा धेरै जिउधनको नोक्सानी व्यहोरेपछि बाँकी दश जना युद्ध सरदारहरु आसामको कमरुप हुँदै आजको किरात प्रदेशमा बसोबास गर्न थालेका हुन् । तथापि, यिनीहरु चिनियाँ मूलका नभएर भोट-बर्मेली परिवारका सबैभन्दा पूराना जातिहरु हुन् । उनीहरु मंगोलियन नश्लका भएपनि चिनियाँ जातिसँग नजिकको सम्बन्ध छैन । इण्डो-मंगोलोइड नश्लका किरातीहरुको आगमन नेपालमा उत्तर तथा उत्तर-पूर्वी दिशाबाट भएको र अन्य जनजाति वा सम्प्रदायभन्दा पहिले आएका थिए । किरातीहरुले पश्चिममा काठमाण्डौ उपत्यकासम्म आर्थिक, सामाजिक गतिविधिहरु सञ्चालन गरेका थिए । विशेषतः पूर्वी पहाडी इलाकाहरु तामाकोशी, अरुणकोशी, तमोर उपत्यकाहरुमा भस्मे फाँडी मलिलो जग्गाहरुमा खेतीपाती गर्थे । अन्नपातका बीउविजन, भैसी, सुँगुर र अन्य जनावरहरु घरेलुकरण गर्दै कृषियुगमा प्रवेश गरेका थिए । काठमाण्डौको गोकर्ण केन्द्र बनाई उपत्यकाभित्र पनि खेतीपाती गरेका थिए । यही समयमा काठमाण्डौ उपत्यकामा खसहरु गाई, बाख्रा, भेडासहित घुमन्ते, फिरन्ते अवस्थामा मातातीर्थ केन्द्रित भइरहने गर्थे, जो इण्डो-आर्यन भाषा बोल्दथे । उपत्यकाभित्र किराती गोत्रका भोट बर्मेली भाषा बोल्नेहरु र खसहरुबीच सामाजिक सम्बन्ध सुमधुर थियो । खसहरु -गोपालवंशी पनि भनिन्छ)ले किरातीसँग खेतीपाती गर्न सिकेका थिए । यसरी, उपत्यकाभित्र दुबै जातिले खेतीपाती र जनावरहरु घरेलुकरण गरेकाले पहिलोपटक नयाँ किसिमको राजनीतिक, आर्थिक, सामाजिक व्यवस्था सुरुवात भएको हो ।
Nepali bhasha
नेपालको भाषिक र शैक्षिक नीतिमै मातृभाषा समावेश गरिनु पर्दछ –कुमार लिङदेन मिराक(सरकारले कक्षा १ देखी ऐच्छिक विषयमा सस्कृत भाषालाई पठन पाठन गराउने निर्णय गरेपछि नेपालका मातृभाषाहरु लाई भने पाखा लगाइएको भन्दै विरोध र आलोचना शुरु भएको छ । यसै सन्दर्भमा मातृभाषाको महत्व र यस्को विकास, संरक्षण्का लागि सरकारले बनाउनु पर्ने नीतिका बारेमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले विज्ञप्तीका रुपमा प्रकाशीत गरेको निकै लामो लेखको सम्पादीत अंश) मातृभाषाको उत्पति ,बिकास मानब जातिको सबैभन्दा सुन्दर र महान कार्य हो । एउटा मातृभाषा बिकास हुन् कम्तिमा पनि ६ देखि १० हजार बर्ष लागेको हुन्छ । मातृभाषाको विकास भएपछी नै उक्त समुदायले आफ्नो धर्म ,सस्कृति, विश्व ब्रमाण्ड बारेको बुझाइहरु बिकाश गरेको हुन्छ र उक्त बुझाइहरुलाई लिखित वा मौखिक रुपमा पुस्तान्तरण गर्दै जीवित बनाइरहेको हुन्छ । मातृभाषा छैन भने समुदायहरु जनावरमा परिणत हुन्छन् । यदि जनवारहरुले भाषा बिकास गर्न सकेको भए यहाँ मान्छेको होइन सिंह वा कुनै जनावारको शासन भैरहेको हुन्थ्यो । जस्तो सिंहहरु बोल्न सक्ने भए उनीहरु बिच सल्लाह हुन्थ्यो र सबै जना भेला भएर निश्चित मितिमा निश्चित गाउँमा आक्रमण गर्ने योजना बन्थ्यो । यदि सय वटा सिंहहरु भेला भएर कुनै गाउमा एकैपल्ट आक्रमण गर्ने हो भने भोलि देखि त्यहाँ कोहि बस्दैनथे, त्यहाँ सिंहको राज हुन्थ्यो । तर सिंहहरुले त्यो सामुहिक आक्रमण गर्न सक्दैनन किनकि उनीहरु शारिरिक बल मात्र छ तर, सल्लाह गर्ने भाषा छैन । तर मान्छे संग भाषा छ, मान्छे पनि पहिले जनवार नै थियो तर मान्छेले भाषा बिकसित गर्न सकेकोले मान्छे जनवारबाट मान्छे भयो । अहिले पृथ्वीमा मान्छेको शासन छ । किनकि मान्छेले दशौ हजार बर्ष लगाएर बहुत दुःखले मातृभाषाहरु बिकसित ग¥यो । मान्छेहरु एकठाउँ भेला भएर आक्रामणको सुरक्षाको नीति र योजनाहरु बनाउन सक्छन । मुख्यकुरा मान्छेहरु आफ्नो भाषामा सल्लाह गर्न सक्छन । आज यस्तो महत्वपूर्ण मातृभाषा जुन निर्माण गर्न कम्तिमा १० हजार बर्ष लाग्यो, त्यही भाषाको कारणले हामीलाई पृथ्वीको प्राणिहरु मध्ये सर्वोत्कृष्ट प्राणि मानब बनायो । तर त्यहि मातृभाषा माथि निरन्तर आक्रमण हुदा हामी नेपालका आदिबासीहरुले अझै भाषाको महत्व राम्ररी बुझ्न सकेका छैनौ । हाम्रो त्यहि विवेकहिनता माथि टेकेर कहिले राणा, कहिले पन्च, कहिले कांग्रेस, कहिले कम्युनिस्टहरुले हामीमाथि निरन्तर प्रहार गरिरहेका छन् । मातृभाषा निर्माण गर्न हाम्रो पुर्खाहरुले दश हजार बर्ष देखि निरन्तर कसरत गरेका छन् । त्यो बाँदर वा सिंहको जस्तो आवाजलाई बिस्तारै शब्दहरुमा विकास गरेर पुरा बाक्य बनाउन कति हजार बर्ष लाग्यो होला ? अनि शब्दहरुको बिकास गरेपछी ,वाक्य र ब्याकरण निर्माण गर्न कति हजार बर्ष लाग्यो होला ? अनि त्यो भाषालाई हिजो देखि आज सम्म जीवित बनाएर ल्याउन पुर्खाहरुले कस्तो कस्तो कष्ट सहनु पर्यो होला ? जुन मातृभाषा आज हामी संग छ त्यो एक दिन एकरातमा बनेको सम्पति होइन । यसको लागि हजारौ बर्ष लागेको छ । त्यो मातृभाषाको तरङ्गहरु हाम्रो रगत, डीएनए कोषमा गढ़िएर बसेको हुन्छ । मानव जातिले निर्माण गरेको सबसे पुरानो र अमुल्य सम्पति नै मातृभाषा हो । मातृभाषाको बिकास भएपछि नै इश्वरीय सोचहरु बिकास भयो र त्यो सोचहरु लिपिबद्द भयो । अस्तित्व (भहष्कतभलअभ) भनेको मानब जातिले सामुहिक रुपमा बिकास गरेको सबसे पुरानो सम्पति हो । मानब जातिले सबै भन्दा पहिले दशौ हजार बर्षमा बिकसित गरेको सम्पति मातृभाषा भएकाले मानब अस्तित्वको प्रमुख कडी मातृभाषा मानिएको हो । यसै आधारमा अस्तित्वको लडाइमा इश्वरबादी र भौतिकबादी संगै जान सकिन्छ भनिएको हो । किनकि शिद्धान्तहरु पछी बिकसित भएका हुन् । मातृभाषा वा प्रमुख अस्तित्व शिद्धानन्त बादहरु नजन्मिदैका उत्पती भएका हुन् । मातृभाषाको रक्षा हुनसक्यो भने इश्वरबादी र भौतिकबादी दुबैलाई आआफ्नो दर्शनहरु लिपिबद्द गर्न छुट्टै आधार बन्छ । मातृभाषाले जहिले पनि आफु उत्पति भएको भूमिको खोजी, रक्षा गर्छ । यसरी विश्वमा जहाँ जहाँ अस्तित्वको लडाई भैरहेको छ त्यो मातृभाषाको अस्तित्व रक्षा कै लडाई हो । हामी केहि व्यक्तिहरुले अरुको भाषामा पनि ज्ञानहरु हासिल गर्न सक्छौ । पढेर सिके पछी कुनै पनि भाषा जान्दै नजानिने होइन । यसरी अरुको भाषामा ज्ञान सिक्ने केहि व्यक्तिहरुले सिक्न सक्छन् तर मूल समुदाय भने फेरी पनि पछि नै रहन्छ । किनकि मूल समुदाय दशौ हजार बर्ष देखिको आफ्नो मातृभाषालो लय (च्जथतजm) मा नै हिडिरहेको हुन्छ । समुदायले उसकै भाषाको लयमा मात्र ज्ञानगुनका कुराहरु छिटो टिप्छ । आफ्नो मातृभाषालो लयलाई समुदायले माया गरेको हुन्छ । उक्त लयमा उनीहरुले आफ्नो अस्तित्वबोध गर्छन । उक्त मातृभाषाको शब्दहरुले उनीहरुको मन, मुटु, दिमागलाइ एकैपल्ट छुइदिन्छ र छिटो ज्ञान ग्रहण गर्छन् । मातृभाषीले अरु भाषामा शिक्षा लिनु परेको अवस्थामा दुइ प्रकारको समुह बिकसित हुन्छ । पहिलो ,मणि हराएको सर्प जस्तो धेरै दिन अनिदो बसेको मान्छे जस्तो, लट्टाईबाट धागो चुटिएर कहिँ पनि खस्न सक्ने दिशाविहीन गन्तब्य बिहिन चंगा जस्तो सपना बिहिन मान्छे हुन्छ । दोस्रो कुरा अरुको भाषामा राम्रै दर्जा लिएकाहरु पनि ज्ञानको गहिराइमा पुग्न नसकिरहेको, अस्तित्व गुमेको पीडाले आत्माग्लानी लिएर अरुको आशिर्बादको पर्खाइमा बाच्नु पर्ने, स्वाभिमान खुम्चिरहेको अवस्थामा बसेका हुन्छन् । यस्तो अवस्थामा आदिबासी मातृभाषी बिध्यार्थीहरुले कसरि प्रगति गर्छन त ? जबकी कुनै पनि बिद्यार्थीहरु, खोज अन्वेषकहरुले नयाँ नयाँ प्रगति गर्न बिद्यार्थीहरु उत्साहित, सन्तुस्ट हुनुपर्छ । उनीहरुको दिमाग शान्त हुनुपर्छ र उनीहरुको सिकाइ दशौ हजार बर्ष देखि पुर्खाले सिक्दै बोल्दै आएका ज्ञानको लयसंग मिल्नु पर्छ । किनकि शान्त दिमागले नै सिर्जनाका शक्तिहरु उत्पादन गर्छन भनिन्छ । जब आदिबासी मातृभाषी बिद्यार्थीहरुको दिमागमा मलाइ आफ्नो भाषा बिर्सन लगाइदै छ, जुन दिन म त्रिबिको डिग्री ग्रहण गर्छु त्यो दिन मैले आफ्नो मातृभाषाको हत्या गरेको प्रमाणपत्र पनि थापिरहेको हुन्छु भन्ने कुराले उसलाई पिरोली रहेको हुन्छ त्यो आदिबासी विद्यार्थीले कसरी थप प्रगति गर्न सक्ला ? त्यसैले मातृभाषा मानब समुदायको मूल रक्तनलि हो । मूल रक्तनलीलाइ काटे पछी जसरी जीवन मर्छ त्यसरी नै मातृभाषामा बोल्न, लेख्न, लोकसेवामा परिक्षा दिन रोकिए पछी उक्त समुदाय तहस नहस हुन्छ र सकिन्छ । हामी नेपालका आदिबासीहरुले मातृभाषाको यो महत्वलाइ गहिराइबाट बुझ्न सकेका छैनौ । हामी आदिबासीहरु पछि परिसक्यौ र अब चाडै सकिदैछौ भन्ने थाहा छ । तर हाम्रो यो हालत के कारणले गर्दा भैरहेको छ भनेर बुझिरहेका भने छैनौ । नेपालका शाशकहरुले मातृभाषाको महत्वलाई नकरात्मक तरिकाले बुझेका छन् । उनीहरुको त्यो बुझाइले आदिबासी समुदाय सिध्याउने अभियानमा दुरुपयोग गरिरहेका छन् । नेपालका शासकहरुले आदिबासी लाइ सिध्याउन उनीहरुको भाषामा आक्रमण गर्ने, उनीहरुको भाषा सरकारी कामकाजको भाषा हुनबाट रोक्ने कानुन बनाउने काम उहिल्यै देखी गर्दै आएका छन् । राणाहरुले तरवारको दुवैवटा धारले प्रहार गरे दलित शिल्पी समुदायलाई भाग्यबादमा आधारित मनुस्मितिको बणाश्रम ब्यबस्था लादेर भित्रि आत्मिक शक्ति नै कम्जोर बनाइदिने प्रयास गरे । बर्णाश्रम भित्र नपर्ने आदिबासीहरु लाई उनीहरुको मातृभाषा पढ्न र सरकारी कामकाजमा बन्देज लगाई दिएर मूल रक्तनली नै काटिदिए । २००७ सालको क्रान्ति पछि आएका शासकहरुले पनि यहि नीतिलाई निरन्तरता दिए । राजा महेन्द्रले अफ्रिकामा जस्तै सिधै रंगभेद संचालन गर्न नेपालमा सम्भव छैन भनेर घुमाउरो तरिकाले यहाँका मुख्य समुदायहरुको रक्तनली काटने काम गरे । उदाहरणको रुपमा दलित शिल्पी समुदायलाइ सिधै छुत अछुत नगर्ने बरु देशलाई हिन्दु घोषित गर्ने कुटिल नीति अपनाए । देश नै हिन्दु भए पछी हिन्दु धर्मको मुलकुरा नै बर्नाश्रम भएकोृले दलित शिल्पी समुदाय स्वत तल परिहाल्छ भन्ने चलाकी उनले अपनाए । यहाँका आदिबासी शेर्पा ,तामाङ ,मगर ,गुरुङ ,राइ ,लिम्बु ,नेवार ,धिमाल ,लेप्चा ,याम्फु ,याखा आदिलाई सिधै दमन नगर्ने बरु पर्वते भाषालाई नेपाली भाषा भनेर हरेक कार्यालयमा सरकारी भाषा घोषित गरेर लैजाने र अन्य मातृभाषालाइ बन्देज गर्ने काम गरे । राजा महेन्द्रले दार्जीलिङबाट जतिपनि लेखक, कलाकार नेपालमा ल्याए सायद उहाँहरुले पर्वते बाहेक अन्य भाषामा लेख्ने वा गित गाउने गरेका थिए भने नेपाल आउन अनुमति दिने थिएनन् । किनकि कुनैपनि हालतमा पर्वते भाषालाई मात्र एकछत्र बनाएर लाने नै महेन्द्रको नीति थियो । त्यो नीति आदिबसिका भाषाहरु स्वत सकिने र आदिबासी समुदाय तहस नहस हुने महेन्द्रको मुलनिती थियो । आदिबासी भाषा सिध्याउने र पर्वते भाषाको एकछत्र राज गर्ने मुलनीतिमा राणा, राजा, पन्च, कांग्रेस र कम्युनिष्टहरुको सधै एकमत हुदै आएको छ । कम्युनिष्टहरुले जनता झुक्याउन पचासौ पन्नाको पार्टी दस्ताबेज बनाउछन तर त्यहा कहिपनि राणा र पन्चको एक भाषिक नीतिको बिरोध गरिएको हुदैन । पंचायतकालमा एकदल कि बहुदल भनेर राजा र वीपी कोइराला बिचमा टक्कर परिरहेको थियो । तर त्यसबेला पनि क्याम्पसहरुमा बीपीको उपन्यासहरु मजाले पढाइ भैरहेको हुन्थ्यो । किनकि बीपीको उपन्यासहरु पर्वते भाषामा लेखिएको हुन्थ्यो र उनका साहित्यमा आर्यहरु सर्बश्रेष्ठ हुन्, नेपालमा आर्य र आदिबासी बिचमा लामो समय देखि भएको टक्करमा आर्यहरुले जितिरहेका छन् भन्ने संदेशहरु छन् । बीपीको राजनीति जेसुकै भए पनि उनको साहित्यले पर्वते भाषालाइ उचो बनाउने र यहाका आदिबासीहरुलाई कम्जोर देखाउने काम गरिरहेको छ भनेर पंचहरुले उनका साहित्य पंचायतकालमा पनि क्याम्पसमा पढाउन अनुमति दिएका हुन्। पछि पुनः सत्तामा आएपछि आफुलाई लोकतन्त्रबादी भन्न कांग्रेसले कहिले पनि बहुभाषिक नीतिलाई लागु गरेनन । रेडियो नेपालको क्षेत्रीय प्रसारणहरुमा केहि आदिबासी भाषाको गित बजाए । केहि आदिबाशी भाषामा समाचार भने । त्यसै लाई बेचेर काग्रेसले धेरैपल्ट आदिबासीहरुको भोट पायो । मुख्यकुरा आदिबासी भाषालाई लोकसेवा आयोगको परिक्षा दिन पाउने व्यवस्था कसैले गर्छ भने त्यो चाहि गरेकै हो भनेर मान्नु पर्ने हुन्छ तर अहिले सम्म यो कुरा धेरै टाढाको बिषय भैरहेको छ । वर्गिय मुक्तिको नारामा आदिबासी समुदायका धेरै मान्छेहरु बिभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा लागे । बलिदान गरे । अझैपनि केहि लागिरहेका छन् । नेपालका आदिबासीहरुको आर्थिक ,सामाजिक अवस्था धेरै नै जर्जर छ । यो अवस्थामा वर्गिय मुक्तिको आशाले कम्युनिष्ट पार्टी प्रति आकर्षित हुनु स्वभाविकै हो । तर राजनैतिक ,आर्थिक ,सामाजिक मुक्ति एउटा जटिल बिषय हो । त्यसैले कुनै पनि राजनैतिक धारमा होमिदा धेरै विश्लेषण गरेर मात्र होमिनु पर्छ । नत्र कहिलेकाही क्रान्तिकारी पार्टीमा लागे भनेर गर्ब गरिरहदा आफ्नै चिहान खनिरहेका हुन्छौ । जुनकुराको महसुस उमेर बित्यो पछी मात्र हुन्छ । नेपालमा आदिबासीहरुको ऐतिहासिक स्वायत्त राज्य र प्रान्तहरु थियो ,स्वायत्त क्षेत्रहरु थियो । गोर्खाली शासक पृथ्वीनारायण शाहले ती स्वायत्त राज्यहरुको भौतिक अस्तित्व माथि सैनिक हमला गरे । उनि पछिको शासकहरुले आदिबासीको भाषा माथि आक्रमण शुरु गरे, आदिबासीको भाषाहरु सरकारी कार्यालयमा बन्देज गरिदिए । आदिवासीका भाषाहरु बन्देज भएपछी हजारौं बर्ष देखि आदिबासीहरुले सिक्दै जान्दै आएका ज्ञानहरु काम नलाग्ने भयो । धिमाल, राजबंशी, थारुहरुको जग्गा हडपेर उनीहरु माथि अनेक जालझेल षड्यन्त्रको कागजाजहरु बनाइयो । जब धिमालहरु अड्डा, अदालत पुगे उनीहरुको भाषा त्यहाँ बन्देज थियो । पर्वते भाषामा आफ्नो कुरा राख्न सकेनन । पर्वते भाषामा मुद्दा लडन सकेनन र उनीहरुको हजारौ बिगा जमिन पर्वते भाषीहरुको हातमा गयो । लिम्बु, राई, तामाङ सहित आदिबासीहरु घरमा हजारौ बर्ष देखि आफ्नो मातृभाषा बोल्थे तर स्कुलमा पर्वते भाषा बोल्नु पर्ने भयो । तब भाषाको कारणले उनीहरुले स्कुल छोडे । सरकारी जागिर खान सकेनन, बिरामी पर्दा वा अन्य ब्यबहार गर्दा घरखेत बेच्नु प¥यो । अनि सर्बहारा आदिबासीको छोरा छोरी सर्बाहारा नै भए । यसरी आदिबासी समुदायको अवस्था दिनदिनै नाजुक बन्दै गएको हो । कम्युनिस्टले एकैचोची कुरा शुरु गर्छ सर्बहाराको आर्थिक मुक्तिको । तर उक्त आदिबासी समुदाय कुन कारणले सर्बहारा बन्यो र बनिरहेको छ भन्ने प्रसंगको कुरा भने कम्युनिष्टहरु कुरा गर्दैनन् । आदिबासीहरु सर्बहारा हुनको मुख्य कारण उनीहरुको ऐतिहासिक प्रान्तहरु खोसिनु हो । आदिबासी भाषाहरुलाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता नपाउनु हो । जसले गर्दा आदिबासीहरुले आफ्नो ज्ञान प्रयोग गरेर लोकसेवा आयोगमा प्रवेश गर्न सक्दैनन र राज्यले दिने हर सुविधाहरुबाट बन्चित बनाइ रहन्छन् । अब ,आदिबासीहरुको मुक्तिको बाटो भनेको आआफ्नो स्वायत्त प्रान्त प्राप्त गर्नु र उक्त प्रान्तहरुमा आदिबासीको भाषाहरुलाई मान्यता दिलाउनु हुनुपर्दछ । सम्बन्धित भाषीहरुलाइ आफ्नै भाषा मार्फत लोकसेवा परिक्षा दिन लगाएर समुहगत रुपमा राज्यको हरेक अंगमा प्रतिनिधित्व गराउने दिशामा अघि बढ्नु पर्दछ । आदिबासीहरुको मुक्तिको बाटो यसरी अघि बढ्यो भने मात्र सफल हुन्छ । तर मुक्ति चाहने आदिबासीहरु चाहि इतिहास, अस्तित्व, राज्य र प्रान्त, मातृभाषाको महत्व, पहिचान सबैको बिरोध गर्ने कम्युनिष्ट पार्टीमा लागिरहेका छन । वर्गीय मुक्तीका कुरा गर्न कम्युनिष्ट पार्टीमा लाग्नेहरु इलाम, पाचथर, भोजपुरमा लिम्बु, राइ नेता भएर हिडेका छन् । उनिहरु सिराहा सप्तरीमा गएर चुनाब लड्नु किन लडदैनन् ? कम्युनिस्ट पार्टी त त्यहा पनि छ । बर्गको कुरा गर्नेहरुले जहिबाट पनि चुनाब लडेर देखाउनु सक्नु पर्छ । तर चुनाब लड्ने बेलामा लिम्बुले लिम्बु क्षेत्र, राइले राई क्षेत्र, शेर्पाले शेर्पा क्षेत्र हेर्दै आउछ । इतिहास, अस्तित्व, भाषा, पहिचानलाइ अस्विकार गरिसके पछी चुनाबको बेला चाहि किन जात खोज्दै आएका हुन् ? वास्तवमा कम्युनिष्ट दर्शनमा तिन तह भत्काउनु महत्वपूर्ण मानिन्छ । १ परिवार २ निजि सम्पति ३ राज्य । परिवार पाल्न निजि सम्पति चाहिन्छ र निजि सम्पति रक्षा गर्न राज्य चाहिन्छ । राज्य भत्काउने हो भने निजि सम्पति लथालिंग हुन्छ । निजि सम्पति नभए पछी परिवार भताभुंग हुन्छ अनि साम्यवाद शुरु हुन्छ । नेपालका कम्युनिष्टहरुले यहाका आदिबासी नेताहरुलाई त्यहि सिकाएका छन् । संसारको राज्य खतम गर्न हिडेकाहरु किन लिम्बुवान, खम्बुवान, शेर्पा, तामांङसालिङ प्रान्त र राज्य स्थापनामा अलमलिनुका् सट्टा राज्यविहीन संसारको परिकल्पना गर्नुस भनिएको छ । तर ब्यबहारमा सन् १९१७ मा रुसमा र सन् १९४९ मा चीनमा कम्युनिस्ट शासन स्थापना भएपछी त्यहाँ राज्यहरु बिलय भए कि अझ मजबुत भए ? रुसमा र चीनमा राज्यहरु बिलय त भएन अझ मजबुत भएर गए । नेपालमा भने पनि पटक पटक कम्युनिस्ट सरकार बन्यो अहिले त दुइ तिहाइको सरकार बनेको छ । नेपालका कम्युनिस्ट हरुले राज्यलाई कमजोर बनाउदै छन् कि सेना प्रहरीको लागि नयाँ नयाँ हतियार किनेका छन् ? १८ वर्ष सम्म सर्बोच्च अदालतमा कम्युनिस्टको मान्छे मात्र प्रधानन्याधिश हुने सेटिंङ गरिएको छ, पर्वते भाषाको साथ साथै सस्कृत भाषा पनि अनिबार्य गरेर राज्यलाई अझ दह्रो बनाउदै छन् । घाम जतिकै छर्लंग छ, कम्युनिष्टहरुले केन्द्रिय राज्य सत्तालाई अझ मजबुत बनाउदै लादै छन् र प्रान्तहरु लाई रबर स्ट्याम्पमा परिणत गर्दै छन् । कम्युनिष्टहरु पर्वते भाषीहरुको पकड रहेको केन्द्रीय सत्तालाई अझ निरंकुश बनाउँदैछन् । यस्ले पर्वते भाषाको एकछत्र राज बढाउने मिशनमा राणा, राजा, कांग्रेस ,कम्युनिस्टहरुको भित्रि मजबुत तालमेल थियो र छ भन्ने पुष्टी गरेको छ । भानुभक्तलाई आदिकवि भनिएको छ । जबकी नेपालमा ठुलो संख्यामा आदिबासी समुदाय छ । आदिबासी समुदायको कविलाई आदिकवि भन्दा सुहाउथ्यो । आदिबासी समुदाय यहाँ २० हजार बर्ष देखि बसिरहेको छ । तर दुइ सय बर्ष अघि कविता लेख्नेलाई आदिकवि भनेर जताततै मुर्तिहरु बनाइएको छ । माधव घिमिरेलाई राष्ट्रकवि भनेर राज्यले पदवी दियो । यसको अर्थ उनले बोल्ने लेख्ने भाषा बाहेक हामी आदिबासीले बोल्ने भाषा अराष्ट्रिय हो ? साहित्यमा आशुकवि, महाकवि, युगकवि जस्ता उपमाहरू दिनु स्वभाविकै हो । तर संसारमा कहिँ नभएको राष्ट्रकवि भन्ने पद कसरी सिर्जना गरियो ? राष्ट्र भनेको राजनीति शास्त्रको अति जटिल शब्द हो । निश्चित भू भागमा बस्ने मान्छेहरुको यौटै खालको राजनैतिक आकांक्षा छ भने ति मान्छेहरुको सामुहिक भावनालाई राष्ट्र भनिन्छ । एउटा पर्वते भाषामा साहित्य लेख्ने मान्छे कसरी राष्ट्रकवि कवि भए ? सबै भन्दा सोचनिय बिषय उनै माधव घिमिरेलाइ राष्ट्रकवि उपमा दिएपछि नेपाली सेनाले फुल जर्नेलको पदवीले शुशोभित गरेको छ । पर्वते भाषामा ठिकठीकैको साहित्य लेख्ने मान्छेले राष्ट्रकविको दर्जा पाउछ र उनलाई सेनाले तुरुन्त जर्नेल पद दिन्छ भने पर्वते भाषालाई एक छत्र बनाउनु र यहाका आदिबासी मातृभाषाहरुलाई सिध्याउन कसरी काम भैरहेको छ भन्ने प्रस्ट हुन्छ । आजभोली नेपालमा जग्गा प्लाटिङ गरेर नयाँ बस्तीहरु बस्ने क्रम तिब्र गतिमा बढिरहेको छ । अलिकति बस्ति बस्यो कि मूलसडकमा नै कि त लक्ष्मी प्रसाद देवकोटा, कि भानुभक्त, मोतीराम भट्ट कसै न कसैको सालिक खडा गरिहाल्ने गरिएको छ । पर्वते भाषा साम्राज्यलाइ रातारात अघि बढाउनु पर्छ भनेर एउटा बर्णले हिजो देखि आजसम्म उनीहरुको योजना बढाइरहेका छन् । उनीहरुले भाषा साम्राज्यलाई किन यति गम्भीर गरि अघि बढाएका छन् भने आदिबासीहरुको जिब्रोबाट आदिबासी भाषा थुतेर मिल्काउन सकियो भने आदिबासीको अस्तित्व सधैको लागि खतम गर्न सकिन्छ भनेर नै उनीहरु भाषा साम्राज्य मिशनमा लागिरहेका छन । भाषाको महत्व अन्य क्षेत्रसंग तुलना नै गर्न सकिदैन । मानौ २० जना प्रहरी इस्पेक्टर को दरबन्दी खुल्यो र परिक्षा लिम्बु भाषामा लिने व्यवस्था भयो भने त्यहाँ प्राय लिम्बु नै छानिन्छन । धिमाल भाषा भयो भने धिमाल नै छानिन्छन र अहिले पर्वते भाषाबाट परिक्षा लिइन्छ अनि पर्वते भाषालाइ मातृभाषाको रुपमा बोल्नेहरु नै छानिएका छन् । ज्ञान सबैले जानेको हुन्छ तर उक्त ज्ञानलाई कुन भाषामा मापन गर्ने भन्ने ठुलो कुरा हो । भाषाको यो महत्वलाइ नबुझेर हामी आदिबासीहरु किन पछाडि परिरहेका छौ भन्ने नै बुझिरहेका हुदैनौ । फलामको जुत्ता लगाएर दौडमा कुदिरहेका छौ तर किन दौड हार्दै छौ भन्ने अझै हामीले बुझेका छैनौ । जुनदिन हाम्रो मातृभाषालाइ सरकारी कार्यालयमा बन्देज लगाए त्यहि दिन देखि दशौ हजार बर्ष देखि हामीले सिक्दै आएका ज्ञानहरु प्रयोगबिहिन भयो र हामी आदिबासीहरुको अवस्था जर्जर भयो । भाषामा षड्यन्त्र गरेर राज्यले हामीलाई पछी पा¥यो र सरकारी कार्यालयहरुमा आदिबासी भाषा पुनस्थापन गरेर आदिबासी मुक्तिको यात्रा शुरु गर्नुपर्ने आवश्यकता बढेको छ । हामी कतिपयलाई लागेको छ हामीहरु नै आफ्नो मातृभाषा पढदैनौ, बोल्दैनौ र स्थानीय तहले पाठ्यक्रम बनाउने अधिकार पाउदा पनि पाठ्यक्रम बनाउदैनौ त्यसैले कतै हाम्रै गल्ति छ कि ? यो सवालहरु उठ्नु स्वभाविक हो । हाम्रो मातृभाषा जोगाउने सवालमा हामी सचेत हुनै पर्छ । तर आजको आधुनिक विश्वको मान्यता के हो भने जुन भाषालाइ राज्यले संरक्षण गर्दैन त्यो भाषा धेरै दिन जीवित हुदैन । भाषा बच्नुको लागि राज्यको भूमिका महत्वपूर्ण हुन्छ । नेपालका आदिबासी मातृभाषाहरुबाट पनि लोकसेवा आयोगमा परिक्षा दिन सकिने भनेर कानुन बनेमा लिम्बु ,शेर्पा ,याखा आदि भाषाहरु पढनेको संख्या रातारात हजारौ गुणाले बढछ । सरकारी तहमा कुनै मान्यता नै छैन भने १ र २ कक्षाको नानीहरुले मात्र किन पढछन मातेभाषा ? स्थानीय स्तरमा मातृभाषा बोलाइ, पढाइ, लेखाइ कम हुदै जानुको मुख्य कारणनै लोकसेवा आयोग र सरकारी कार्यालयमा मातृभाषाले मान्यता नपाउनु हो । अब लडाई सरकारी शिक्षाको नीति बाटै शुरु हुनुपर्छ । मातृभाषा बिश्वबिध्यालयको स्थापना र लोकसेवा आयोगमा मातृभाषा प्रयोगको अधिकारको लागि आन्दोलन शुरु गरिनु पर्दछ । राज्यको नीतिका लागि नलड़ने अनि तल गाउँको नानीहरुलाई मात्र मातृभाषा पढ्नु पर्छ भनेर अर्ति दिनुको कुनै अर्थ छैन । हामी अग्रज, अगुवाहरुले राज्य संग गर्ने लडाई सफल बनाउन सक्यौं भने गाउँ गाउमा मातृभाषा पढने नानीहरुको उत्साहा थामिनसक्नु हुन्छ ।
Libuwan.
लिम्बुवान–गोर्खा सम्झौता र वर्तमान स्थिति Facebook164 Twitter Pinterest Tumblr Reddit Share मोहनसिंह थेबे | ४८ हप्ता अघि साउन २२, २०७६ लिम्बुवानको इतिहास पुरानो छ। लिम्बुवान क्षेत्रको वर्णन विभिन्न प्राचिन पुस्तकहरूमा पनि उल्लेख भएको पाइन्छ। तत्कालीन अवस्थामा यस क्षेत्रका प्रमुख राजाहरूमा पर्वते, मयलकेतु, हर्वाहाङ, साम्योकहाङ, कुदुङजापा आदि थिए। पर्वते र मयलकेतुहरूको सम्बन्ध तत्कालीन भारतको सन् ३१७ तिरका चन्द्र गुप्त तथा चाणक्यहरूसँग आउँछ। इतिहासकार इमानसिंह चेम्जोङका अनुसार लिम्बुवान छैटौं शताब्दीमा तत्कालीन आठ राजासँग विशाल आन्दोलन अर्थात् युद्धपछि स्थापना भएको हो। यसको स्थापनापछि दश सरदारहरूको नेतृत्वमा उनीहरूले ओगेटेका भूमिलाई १० भागमा विभाजन गरी संघीय गणतान्त्रिक पद्धतिअनुरुप राज्य गरेका थिए।ती दश थुम र राजाहरू (१) तम्बर– साम्लुप्ली साम्बाहाङ, (२) मेवा– सिसिङेगन सेरिङहाङ, (३) याङवरक– थिन्दोलुङ खोक्याहाङ, (४) आठराई– थक्थक्सो आङ्बोहाङ, (५) फेदेन(पान्थर)– येङासो पापोहाङ, (६) इलाम (फाक्फोक)– मुङताई ची इमेहाङ, (७) फेदाप– सेङसेङगुम फेदापहाङ, (८) ताक्लुङयक (छथर)– ताक्लुङ खेवाहाङ, (९) चौबिस– सोइयाक लादोहाङ र (१०) थलायक (तेह्रथुम)– ताप्पेसु पेरुहाङ रहेका थिए।इतिहाकार प्रेमबहादुर माबोहाङको अनुसार वि.सं. ५५ सालमा लिम्बुवान स्थापना भयो। स्थापनाकालमा लिम्बुवानलाई १० थुम (भाग)मा विभाजन गरियो। उक्त १० थुमका राजाहरूमा (१) तम्बर– साम्बा स्रेङहाङ, (२) मेवा– सिसिङ्गेन, (३) याङरुप– लिन्सेहाङ, (४) पोमाजुङ(आठराई)– आक्लुफ, (५) फेदेन– पापोहाङ, (६) इलाम– लोलिमहाङ, (७) फेदाप– फेयोहाङ, (८) ताक्लुनदेन(छथर)– खेवोहाङ, (९) मिकलुक (चौबिस)– वोहाङ र (१०) चेनलुङ यक(संखुवासभा)– माई इङहाङ रहेका थिए ।यो दश लिम्बुवानमा शासन व्यवस्था सुव्यस्थित र लोकतान्त्रिक होस भनेर समयक्रममा निम्न सात थुमहरू पुनः छुट्टाइएको देखिन्छ। ती सात थुमहरूमा (१) यासोक, (२) संखुवा, (३) सभाया, (४) जल्लारा, (५) मझिया, (६) खपन र (७) माईवा रहेका थिए।लिम्बुवानका दश राजाले राज्य सञ्चालनका लागि नियम बनाएका थिए। त्यसलाई ‘दश लिम्बुवान’ अर्थात् ‘सत्र थुम दश लिम्बुवानको नीति’ भनिन्थ्यो। यसरी लिम्बुवान स्थापना हुँदा त्यो भूमिको आफ्नै सीमा थियो। तत्कालीन सीमाअनुसार पूर्वमा टिष्टा नदी (हाल सिक्किम) र पश्चिममा सिस्वा संखुवा अरुण हुँदै सप्तकोशी, उत्तरमा तिब्वत र दक्षिण जलालगढ पर्दथ्यो।क. नेपालको मानचित्रमा वर्तमान लिम्वुवानको नक्शा (रेखा अंकित भाग)ख. प्राचीन लिम्बुवानको नक्शा यो भूमिमध्ये सन् १८१६ मा भएको सुगौली सन्धिले दक्षिणको जोगबनीदेखि जलालगढसम्मको ६२ किलोमिटर र दार्जिलिङ कालिङपोङ क्षेत्र भारतमा पर्न गयो। सिंहलिला पहाड पूर्व टिष्टासम्मको भूभाग ब्रिटिश इण्डियाले सिक्किमलाई दिएकाले उक्त भूमि सिक्किममा पर्न गयो। त्यसपछि लिम्बुवानको सीमा पूर्वमा मेची पश्चिममा ऐजन, उत्तर ऐजन र दक्षिण हाल भारतको सीमासम्म रहन पुग्यो। सुगौली सन्धि लिम्बुवान स्वतन्त्र राज्यसँग नभई वि.सं. १८३१ को लालमोहर सन्धिपछिको नेपालसँग भएको थियो।लिम्बुवान भूमि संघीय लोकतान्त्रिक पद्धतिअनुरुप सञ्चालन हुने क्रममा सोह्रौं शताब्दीतिर मोरङ राज्यमा लिम्बु साक्वादेन (सावदेन) वंशीय साङलाइङ भन्ने राजा थिए। उनी कुदुङजापाको सन्तान थिए। उनले मोरङ राज्यलाई सुदृढ गरे। उनको सन्तति विजयनारायणले मोरङको उत्तरी क्षेत्रको पहाडको समथल डाँडामा दरबार वनाएर राज्य गरे। त्यो दरबार क्षेत्रलाई पछाडि उनकै नामबाट विजयपुर भनियो। जुन अहिले सुनसरीको धरान उपमहानगरपालिकामा पर्दछ।सन् १६०९ तिर विजयपुरमा लोहाङसेन भन्ने राजा भए। त्यस्तै, बाजाहाङ, विद्याचन्द्र लिम्बुहरू पनि राजा भए। वि.सं. १८२५ तिर बुद्धिकर्ण राय राजा भए। उक्त समयान्तरमा अथिङहाङ लिम्बु पनि राजा भए। विजयपुर दरबारलाई भताभुङगे राजाको लथालिङगे दरबार भनेर पनि नेपालको इतिहासमा उल्लेख गरिएको पाइन्छ।एक समयमा लिम्बुवानलाई फेदाप पनि भनिन्थ्यो। यहाँ सात तराई या तराईको ठूलो भाग पर्दथ्यो। हालको झापा, मोरङ, सुनसरी, सप्तरी, सिराह र धनुषा फेदापमा पर्दथ्यो। वि.सं. १८३१ तिर लिम्बुवानको पश्चिमी क्षेत्रवाट गोर्खा राज्य शक्तिमा उदाई राज्य बिस्तार गर्दै पूर्व लिम्बुवानसम्म पुगे। लिम्बुवानमा आइपुग्दा गोर्खा लिम्बुवानबीच घमासान युद्ध भयो । युद्ध लिम्वुवानको पश्चिम सिमाना चतरा, अरुण सभाया दोभानमा भयो। गोर्खा लिम्बुवान युद्ध १७ पटकसम्म भएको इतिहासमा पाइन्छ।यसरी १७ पटकको युद्धमा पटकैपिच्छे गोर्खा राज्य लिम्बुवानसँग पराजित भयो। तर्सथ गोर्खाले मगर सैनिक कमाण्डरहरूलाई अगाडि बढायो। मगर र लिम्बुहरू इतिहासअनुसार दाजुभाइ भएको भन्दै जाल फालियो। गोर्खाले लिम्बुवानका शासक लिम्बुहरूलाई दाजुभाइको सम्बन्ध गाँसी गोर्खाको सहराज्यमा रहन सहमति गराइ वि.सं. १८३१ श्रावण २२ मा लालमोहर सम्झौता भयो। त्यही समयदेखि लिम्बुवान गोर्खा राज्यको सहराज्य भयो।लालमोहरमा सम्झौता गर्ने प्रतिनिधिहरू गोर्खाको तर्फबाट अभिमानसिंह बस्नेत, पारथ भण्डारी, कीर्तिसिंह खवास र वली वानीया थिए । लिम्बुवानको तर्फवाट श्री श्री सुन राई, कुम राई र श्रीजंग राई थिए । यी राई लेखिनेहरू सबै लिम्बु थिए । राजाको समानार्थी राई भन्ने प्रचलन भएकाले राई उल्लेख गरिएको थियो । सोही लालमोहर मुताविक लिम्बुवानले गोर्खाको सहराज्यको रुपमा रहन गएको हो । तर, वि.सं. १९०३ सालदेखि लिम्बुवानको अधिकार कटौती हुन थाल्यो। लिम्बुवानवासीले वि.सं.२००७ सालमा कांग्रेससँग मिलेर पनि आन्दोलन गरे।राजा महेन्द्रले वि.सं.२०२१ सालमा भूमिसुधार लागु गरी लिम्वुवानको भूमिमाथिको अधिकार एकतर्फी तोडे । महेन्द्र अर्थात पञ्चायत सरकारको उक्त कार्यको घोर विरोध र आन्दोलन लिम्बुवानमा भयो । तर, सैनिकको आडमा धेरै लिम्बुवानवादीहरूको हत्या गरियो। यद्यपि, लिम्वुवानवासीले आन्दोलन जारी राखे। वि.सं.२०४६ विभिन्न पार्टीको तर्फबाट सहयोग गर्दै केन्द्रीय राज्य सत्ताविरुद्ध लिम्वानवासीहरू आन्दोलनमा होमिए। वि.सं. २०६३ सालमा आफ्नै छुट्टै संगठन स्थापित गराएर आन्दोलनमा सरिक भएका छन्।लिम्बुवान र गोर्खा राज्यबीच वि.सं. १८३१ मा भएको लालमोहर सन्धि वि.सं. २०२१ मा एकतर्फी टुटेको छ। सन्धिअनुसार लिम्बुवान भूमि स्वतन्त्र राष्ट्र बन्न सक्ने आधार छ। यद्यपि, लिम्बुवानवादीहरूले आफुलाई नेपालभित्रको स्वायत्त राज्यमा रहन चाहेको बताउँदै आएका छन्।
Read more at: http://thahakhabar.com/news/76424?fbclid=IwAR3rwwDTNFGNH4tLv8nara4M1cTcIRqEB5bmlBmsaVkZG43rdzg2HkOzLcg
You must be logged in to post a comment.